Comments Add Comment

स्मार्ट प्लेट, जसले बताइदिनेछ भोजनको क्यालोरी

smart-plete

मोटाइन्छ की भनेर डराउने मानिसहरुका लागि खुसीको खबर छ । अब मोटाउने तथा रोगी होइने डरले निकै डराइ डराइकन खानुपर्ने तथा खान मन लाग्दालाग्दै पनि बढि पो भयो कीभनेर त्याग्नुपर्ने छैन । वैज्ञानिकहरुले एउटा यस्तो स्मार्ट प्लेट बनाएका छन् जसले तपाइँको भोजनमा रहेको क्यालोरीको हिसाब गरेर दुरुस्तै देखाइदिनेछ ।

अमेरिकाको एक कम्पनी फिट्लीले यो स्मार्ट प्लेटको निर्माण गरेको हो । यो प्लेटमा ३ वटा डिजिटल क्यामरा राखिएको छ जसले प्लेटमा राखिएको खानेकुराको तस्वीर खिचेर वाइफाइ वा ब्लुटुथका माध्यमबाट स्मार्टफोनसम्म पूराउनेछ । स्मार्टफोनमा उक्त फोटोलाई एक फोटो बैंकमा हालिनेछ जसले खानेकुराको पहिचान गरी उक्त खानेकुरामा रहेको क्यालोरीको मात्राको बारेमा जानकारी दिनेछ ।

दी टाइम्सलाई उधृत गर्दै दी अस्ट्रेलियन अनलाइनमा छापिएको खबर अनुसार प्लेटमा तराजु पनि हुनेछ, जसले भोजनको तौल नाप्नेछ ।
स्मार्ट प्लेट निर्माता कम्पनीका मुख्य कार्यकारी तथा संस्थापक एन्टोनी ओर्टिजका अनुसार यो स्मार्ट प्लेटले केवल एकैथरी भोजन मात्र नभएर विभिन्न खाने परिकार मिसिएको भोजनको समेत क्यालोरी गणना गर्न सक्छ र यसको गणनाको सत्यता दर ९९ प्रतिशत रहेको छ । क्यालोरी गणना गरिसकेपछि यो स्मार्ट प्लेटले स्मार्टफोन एपमार्फत उक्त खानेकुराको विषयमा विभिन्न खाले फाइदा बेफाइदा सम्बन्धि जानकारी समेत प्रदान गर्नेछ ।

यो स्मार्टफोनको व्यवसायिक उत्पादनका लागि क्राउड फन्डिङ साइट किकस्ट्राटर मार्फत फिट्लीले रकम संकलन गरिरहेको छ । १ सय ९९ डलरमा यो स्मार्ट प्लेटलाई बजारमा उपलब्ध गराउने योजना कम्पनीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment