Comments Add Comment

‘हाई हील’ नलगाउँदा क्यान्समा प्रवेश निषेध

hillमुम्बई । सेलीब्रेटीलाई वास्तवमै सजिलो छैन । आफुले अभिनय गरेको फिल्म गतिलो नहुँदा दर्शकदेखि समिक्षक समेतले आलोचना गर्छन् भने सामान्य गल्ती गर्दा पनि कतिपय मिडियाले ठूलै विषय बनाईदिन बेर मान्दैनन् ।

क्यान्स फिल्म फेष्टिवलमा हाई हिल नलगाएकै कारण एकजना निर्मात्री झण्डै कार्यक्रममा सहभागी हुनवाट बञ्चित भईन् । फिल्म निर्मात्री वेलेरिया रिक्टरले भाँचिएको बाँया खुट्टामा कृतिम खुट्टा जोडेकी छिन् । उक्त खुट्टामा उनी ‘हाई हिल’ लगाउन सक्दिनन् । सोही कारण यसपालीको क्यान्स फिल्ममा सहभागी हुन गार्‍हो पर्‍यो उनलाई ।

उनी रेड कार्पेटतीर जाँदै थिईन् । रेड कार्पेट अधिकारीले स्याण्डलतीर हेरेर इशारा गर्दै भने ‘हुन्न हुन्न, यहाँ यस्तो चल्दैन । तपाई यतावाट होईन उतावाट जानुस् ।’

तर, रिक्टरले आफ्नो समस्या बताएपछि भित्र जाने अनुमति पाईन् तर, अरु धेरै महिलाहरुलाई फर्काइयो जो हाई हिल नलगाई समारोहमा गएका थिए ।

आयोजकले अग्लो स्याण्डिल क्यान्सको आधिकारिक ड्रेस कोडको हिस्सा भएको बताएको छ । आयोजकले आगामी वर्षमा अग्लो हिल नलगाएकालाई पनि प्रवेश दिने बताए पनि कार्यक्रममा सहभागी हुन नपाएर फर्किने महिलाको ताँती लामो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment