Comments Add Comment

सलमान खानले बिहे गर्लान त यो वर्ष ?

Salman

मुम्बई । ‘हिट एण्ड रन’ को मामलामा मुक्ति पाएपछि अभिनेता सलमान खान बिबाहको वारेमा समेत सोच्न थालेको भारतीयसंचार माध्यमहरूले जनाएका । यदि सबै कुरा ठिकठाक रहयो भने यो वर्षको अन्त्यतिर बिबाह गर्ने उनको योजना छ ।

बेहुली को होला ?

रोमानियाकी टेलिभिजन प्रस्तोता एवं अभिनेत्री युलिया वान्तुरसँग अहिले सलमानको हिमचिम सुरु भएको छ । केही महिनाअघि मात्रै युलियाले मुम्बईमा सलमानको परिवारसँग समेत घेटघाट गरेकी थिइन् । युलियाको ब्यक्तित्ववाट सलमानका परिवारका सदस्य समेत प्रभावित छन् ।

सन १९८० मा जन्मिएकी यूलियाले रोमानियामै पढेकी थिईन् । १९ वर्षको उमेरमा युरोपा नोवा च्यानलमा जागीर सुरु गरेकी यूलियाले १५ वर्षसम्म टेलिभिजन प्रस्तोता भएर काम गरिन् ।

सन २००६ मा राजधानी बुखारेष्ट आएकी उनले त्यसपछि मर्निङ न्युज च्यानल डान्स शोमा काम गरिन् । खेलकुदमा विषेश रुची राख्ने यूलिया टेनिस र बास्केटवलको राम्रो खेलाडी पनि हुन् ।

salman iulina

सलमानसँग चिनाजानी

सलमान र युलियाको पहिलो भेट सन २०१० मा भएको थियो । हिन्दी फिल्म ‘बडीगार्ड’को सुटिङका लागि डबलीन गएको बेला युलियाका प्रेमी मारियस मोगाले उनिहरुको भेट गराएका थिए ।

मोगा मध्य-पश्चिम यूरोपका निर्माता, गायक र कम्पोजर हुन् । सलमानसँग भेट भएको केही महिनापछि नै युलिया र मोगाविच सम्बन्ध बिच्छेद भयो ।

प्रेमीसँग सम्बन्ध बिच्छेद भएपछि डिप्रेशनको शिकार भएकी यूलिया केही समय मनोचिकित्सकको निगरानीमा रहिन् । यही बेला सलमानसँग उनको भेट भयो । तनाबमा रहेकी युलियालाई सलमानले राम्रै साथ दिए र केही सहयोग पनि गरे । त्यही वेलामा नजिकिएका उनिहरु अहिले पनि सम्पर्कमा छन् ।

पछिल्लो पटक भारत आउँदा डेढ महिना सलमानको घरमा बसेकी युलियालाई सलमानको परिवारका सदस्यले पनि निकै मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment