Comments Add Comment

आज चलचित्र पत्रकारिता दिवस, भूकम्पले घोषणा भएन पत्रकारिता पुरस्कार

film-lournalist
आज जेठ ७ गते अर्थात चलचित्र पत्रकारिता दिवस । तर, वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण यतिबेला देश शोकमा छ । जसका कारण, चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता दिवस उल्लासमय तबरले नमनाएको जनाएको छ ।

संघका महासचिव सन्दिप सापकोटाले जारी गरेको विज्ञप्तीमा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गर्दै आइएको चलचित्र पत्रकारिता पुरस्कार र सम्मान पनि घोषणा नगरिएको जनाएका छन् । जनजिवन सामान्य बन्दै गएपछि मात्र पुरस्कार र सम्मान प्रदान गर्ने विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, भूकम्पपछि राहत वितरणमा चलचित्र पत्रकारहरुले देखाएको सक्रियतामा पनि संघले आभार व्यक्त गरेको छ । चलचित्र पत्रकार संघले विभिन्न संघसंस्थासँग मिलेर देशका विभिन्न स्थानमा राहत वितरण गरेको थियो ।

चलचित्रकर्मीहरुले राहत र पूननिर्माणमा देखाएको सक्रियतामा पनि संघले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment