Comments Add Comment

गाउँका यूवती अनमोल भनेपछि भुतुक्कै, हाम्रो के काम…

anmol-kc
शिर्षकमा उल्लेख भएको वाक्य एक युवाको मुखमा निस्कियो, जब उनी रामपुर डाँडामा कलाकारहरु पुग्दा यसै रुमल्लिएका थिए । उनीसँगै अन्य केही यूवा पनि हो मा हो थप्दै थिए । त्यस्तै १६ बर्षको उमेरमा टेकेका यी यूवा नायक अनमोल केसीप्रति गाउँका यूवतीले देखाएको माया र क्रेज देखेर कतै कतै डाहा गर्दै थिए ।

काभ्रेको रामपुर डाँडामा यूवा कलाकर्मीले निर्माण गरिदिएको ४० वटा घर हस्तान्तरण कार्यक्रममा पुगेका अनमोल केसीप्रति यूवती, बालबालिका क्रेज ज्यादा देखियो । गाउँका यूवती पनि अनमोल भन्दै अटोग्राफ र तस्बिरका लागि कुदिरहँदा केही यूवाको मुखमा निस्कियो यस्तै शब्द । उनीहरु भन्दै थिए-‘गाउँका यूवती सबै अनमोल भनेपछि भुतुक्कै हुन्छन्, हाम्रो त के काम यार ।’

शहरमा अनमोलको क्रेज ज्यादा देखिएको थियो । तर, काठमाण्डौबाट टाढा नभएपनि केही विकट लाग्ने रामपुरा डाँडामा पनि उनी यसरी नै फ्यान माँझ घेरिएका थिए । केही घन्टा अनमोल त्यहाँ रहँदा उनलाई बालबालिका र यूवतीले छाडेनन् । अनमोलले पनि विभिन्न स्टाइलमा अटोग्राफ दिए र तस्बिर खिचाए । अनमोलले रुखमा कापी राखेर अटोग्राफ दिएको दृश्य पनि रोचक थियो ।

कलाकारको भिडमा अनमोल रुचाइए । शहरबाट उनको क्रेज विस्तारै गाउँमा पनि प्रवेश गरेको छ भन्ने वुझ्नलाई यो दृश्य पर्याप्त थियो । अनमोललाई बालबालिकाले उनको गाडीसम्म पछ्याए । बाटोमा भेट्ने सबैले तस्बिर खिचाए र अटोग्राफर मागे ।

‘होस्टेल र जेरी’मा मात्र अभिनय गरेका यी नायकको क्रेज गाउँ-गाउँमा पुग्नु आफैमा रोचक कुरा हो । नायक भूवन केसी पनि छोराप्रति देखाइएको मायाले दंग थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment