Comments Add Comment

पेट काटेर दिएको राहतमा मजाक हुन दिन्न : प्रधानमन्त्री

७ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्प पीडितलाई स्वदेश तथा विदेशबाट संकलित राहतमा अनियमितता हुन नदिने दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडितहरुका निम्ति विभिन्न संस्थाहरुले दिएको राहत रकम ग्रहण गर्दै उनले सो धारणा राखेका हुन् । ‘उनीहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मजाक गर्न खोज्ने ?,’ प्रधानमन्त्री कोइरालाले भने, ‘राहत रकम र राहत सामाग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने कार्य हुन दिइने छैन ।’

सो अवसरमा प्रधानमन्त्री कोइरालाले संकलित राहत रकम र प्राप्त राहत सामाग्री भूकम्प पीडितसमक्ष पुगे-नपुगेको सरकारले पनि गम्भिरतापूर्वक हेरेको बताए ।

gas-bikreta

ग्यास विक्रेताको ३ लाख सहयोग

यसैबीच ग्यास विक्रेता महासंघले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा विहीबार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अयोजित कार्यक्रममा संघका अध्यक्ष किशोर के.सी र महासचिव चन्द्र थापाले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

कृषि विकासको वित्तिय कर्मचारी संघबाट ५ लाख

यसैगरी कृषि विकास बैंकमा कार्यरत प्रजातन्त्रवादी कर्मचारीहरुको संस्था नेपाल वित्तिय कर्मचारी संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।

ADB-Karmachari-Sangha

विहीबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा सो रकमको चेक संघका अध्यक्ष सरोज महतले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा संघका उपाध्यक्ष विष्णु कोइराला, महासचिव सुजितविक्रम शाह, सहसचिवद्वय रामबहादुर रावल र कमल ओझा तथा कोषाध्यक्ष दिलबहादुर श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment