Comments Add Comment

हमालले भने-‘सरकारको विश्वास छैन, तर एकपटक हेरौ’

Rajesh Hamal
नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले सरकारको विश्वास नभएको बताएका छन् । केही दिन अगाडि हमालसहित केही चर्चित अनुहारलाई नेपाल सरकारले बोलाएर ‘प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोष’मा रकम जम्मा नभएको भन्दै सहयोगका लागि अपिल गरेको थियो । तर, त्यसको केही दिनसम्म मौन बसेका हमालले सरकारलाई शंकाको सुविधा दिन आग्रह गरेका हुन् ।

उनले सरकारलाई ‘वेनिफिट अफ डाउट’ दिन आग्रह गरेका हुन् । रकम प्रभावितसम्म पुग्ने एउटा मात्र आधार भनेकै सरकारी संयन्त्र भएको भन्दै उनले प्रधानमन्त्री दैविक प्रकोप कोषमा नै रकम जम्मा गरेर सरकारलाई हेर्न आग्रह गरेका हुन् ।

हमालले एक कार्यक्रममा भने-‘हो, हामीलाई सरकारको विश्वास छैन, किनकी अहिलेसम्म सरकारले अविश्वासिलो काम नै गरेको छ । तर, सरकारी कोषको विकल्प छैन ।’

हमालले एनजिओ र आइएनजिओमा रकम प्रदान गर्दा पनि त्यो रकम धेरै कटौती भएर आउने बताए । प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा गर्ने उद्देश्यले एड्मायर नेपालले सुरु गरेको ‘एक अभियानमा’ हमालले सरकारमाथि सबैलाई शंका लागेकाले नै रकम जम्मा हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment