Comments Add Comment

अमर सिंहकाे तर्क-‘आज अमिताभको परिवार जेलमा हुन्थे’

amitabh-and-amar-sing

पूर्व समाजवादी पार्टीका नेता अमर सिंहले अमिताभ बच्चनको परिवार आज जेलमा हुने खुलासा गरेका छन् । सिंहसँग अहिले बच्चन परिवारको सम्बन्ध राम्रो छैन । दिल्लीमा उनलाई सरकारले दिएको घर अब उनले छाड्नु पर्नेछ । यस्तो समयमा आफ्नो पीडा खुलाउँदै उनले बच्चन परिवारप्रति आक्रोश पोखे ।

उनले बच्चनले आफ्नो चलचित्रको नाम ‘बागवान’ नराखी ‘बाग उजाड’ राख्नुपथ्र्यो समेत भनेका छन् । उनले अमिताभसँग आफ्नो सम्बन्ध विग्रनुको पछाडि जया बच्चनका लागि राज्य सभाको सिट नभएको बताए ।

उनले भने-‘हाम्रो सम्बन्ध त्यतीबेला बिगि्रयो, जतिबेला अमिताभले अनिल अम्बानीको घरमा मेरो कारणले गर्दा उनको परिवारको सहारा बोर्डबाट छुट्टी मिल्यो ।’ उनले भने-‘मैले बच्चन परिवारलाई सुझाव दिएको थिएँ कि त्यो कारमा नचढ्नु, जसको ड्राइभर को हो भन्ने थाहा नै हुँदैन ।’

‘आफूले सुझाव दिएको नदिएको भए पुरै बच्चन परिवार सहारा बोर्डमा सहभागी हुन्थे र अन्य मानिस जस्तै जेलमा हुन्थे ।’-उनले भने ।

उनले अमिताभ बच्चनले आफ्नो ७० औं जन्मदिनमा आफूलाई नबोलाएकोमा गुनासो पनि गरे । अमिताभ बच्चनले अहिले आफूसँग सम्बन्ध बिगारेको भन्दै अमरसिंहले आक्रोश पोखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment