Comments Add Comment

‘देश हाइटी हुँदैछ कि भन्ने चिन्ता लागेको छ’ : मदनकृष्ण श्रेष्ठ

madan-krishna

भूकम्पपछि नेपाल अहिले विपत्तमा छ । सरकारले पनि आ-आफ्नै तरिकाले राहत र पूनस्थापनाको प्रयास गरिरहेको छ । तर, यही समयमा नै देशमा राष्ट्रिय सरकार बनाउनुपर्ने कुरा पनि उठिरहेका छन् ।

देशमा राष्ट्रिय सरकार बनाउनुपर्ने कुरा उठिरहेको समयमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले भने देश हाइटी बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘अहिलेको अवस्था हेर्दा नेपाल हाइटी बन्छ कि भन्ने वातावरण देखिएको छ । तर यस्तो नहोस् ।’

उनले सर्वपक्षिय सरकार बन्नुपर्नेमा जोड दिए । ‘तर, सर्वपक्षिय सरकार बनाउनुपर्ने पनि भन्ने अनि प्रधानमन्त्री भने मेरै पार्टीको हुनुपर्छ भन्ने जुन शैली देखिएको छ, यो गलत हो’, मदनकृष्णले भने ।

नेताहरुको यही प्रवृत्तीका कारण नेपाल पनि हाइटी बन्छ कि भन्ने डर आफूलाई लाग्न थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment