Comments Add Comment

आमिरको शोमा उठ्ने छैन सलमानको मुद्दा

aamri-and-salman
आफ्नो चर्चित शो ‘सत्यमेव जयते’ मार्फत सामाजिक बिषय उठान गर्दै आएका बलिउड नायक आमिर खानले अर्का नायक सलमान खानको ‘हिट एन्ड रन केस’को बिषयमा सोधिएको प्रश्नमा भने अलमलको जवाफ दिएका छन् ।

पत्रकार सम्मेलनमा उनलाई प्रश्न सोधियो-‘के तपाई आफ्नो शोको सडक दुर्घटनाको बिषयमा बलिउड कलाकारको पनि सन्दर्भ उठान गर्नुहुन्छ ?’

तर, आमिर उल्टै पत्रकारलाई प्रश्न सोधे-‘के तपाइले मेरो शो देख्नु भएको छ ?’ उनले आफ्नो शोमा जबसम्म आफूले विश्वास गर्ने बिषय आउँदैन, तबसम्म कुरा नगर्ने पनि बताएका छन् । उनको भनाई थियो-‘सलमानको बिषय छोड्नुहोस् । हामी हरेक दफा, हरेक आइतबार एउटै बिषयमा कार्यक्रम बनाउँदैनौ ।’

सलमानको बिषयमा मौन बसेका कारण आमिर खानको सामाजिक संजालमा चर्को आलोचना पनि भैरहेको छ । यस बिषयमा आमिरले मुस्कुराउँदै जवाफ दिएका छन् ।

उनले आफूहरुले कुनै बिषय छानेपछि त्यसमा गम्भिरताका साथ बहस गर्ने बताए । आमिरका अनुसार जुन कुरा उनले शोमा भन्छन्, त्यसमा सधै नै अडिग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment