Comments Add Comment

‘हेलमेट’ लाएर प्रचण्डले भने- आफ्नै खुट्टामा उभिएर नेपाल बनाउँछौं

Prachanda

७ जेठ, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा उभिएर नेपाल बनाउन चाहेको बताएका छन् ।

भूकम्पपीडितहरुलाई सहयोग गर्न प्रभावित क्षेत्रमा जाने पार्टी कार्याकर्ताकहरुको विदाई कार्यक्रममा बोल्दै उनले विदेशी सहयोगले मात्रै राष्ट्र निर्माण नहुने बताए । ‘आफ्नै खुट्टामा नउभिएसम्म विदेशी सहयोगले मात्र राष्ट्र निर्माण हुँदैन’, अभियानमा जाने युवाहरुलाई ‘हेटमेट’ र ‘हृयामर’ दिँर्दै प्रचण्डले भने, ‘हामी आफ्नै खुट्टामा उभिएर नेपाल बनाउन चाहन्छौं ।’

उनले धैर्य र साहसका साथ श्रममा लागेर विपदमा परेकाहरुलाई राहत दिलाउने प्रयत्यन गर्ने प्रचण्डले बताए । ‘पूर्व पीएलएको कमाण्डर तथा वाईसीएललाई कमाण्ड गर्ने कमिसारको नेतृत्वमा श्रम अभियानमा जाँदैछौं,’ उनले भने, ‘त्यसैले यो अरुको भन्दा फरक छ ।’

जनयुद्धको समयमा पनि जनताको मुक्तिका लागि आफूहरुले श्रम अभियान चलाएको र अहिले विपतको समयमा पनि कमाण्डर योद्धाको रुपमा श्रम गर्न गाउँ जान लागेको प्रचण्डको भनाइ थियो ।

उनले धैर्य र साहसका साथ श्रममा लागेर विपदमा परेकाहरुलाई राहत दिलाउने प्रयत्यन गर्ने प्रचण्डले बताए । ‘पूर्व पीएलएको कमाण्डर तथा वाईसीएललाई कमाण्ड गर्ने कमिसारको नेतृत्वमा श्रम अभियानमा जाँदैछौं,’ उनले भने-‘त्यसैले यो अरुको भन्दा फरक छ ।’

जनयुद्धको समयमा पनि जनताको मुक्तिका लागि आफूहरुले श्रम अभियान चलाएको र अहिले विपतको समयमा पनि कमाण्डर योद्धाको रुपमा श्रम गर्न गाउँ जान लागेको प्रचण्डको भनाइ थियो ।

टाठा बाठाले अहिले पनि सजिलै राहत पाउने गरेको तर तल्लो तहकाले राहत नपाएको कुरा मिडिया आएकोले त्यसलाई आफूहरुले जवाफ दिने लागेको पनि प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment