Comments Add Comment

रेखाको १ लाख सहयोग, प्राविधिकहरुलाई खाद्यन्न र कम्मल वितरण

nefta-help
नेपाल चलचित्र प्राविधीक संघको कल्याणकारी कोषमा नायिका रेखा थापाले १ लाख सहयोग गरेकी छिन् । यो रकम प्राविधीकहरुलाई आपत्त परेको बेला सहयोग गर्ने नेफ्टाले जनाएको छ ।

यस्तै, अमेरिकामा बस्ने नम्रता श्रेष्ठ, शीला चन्द र प्रेरणा भुषालले संयुक्त रुपमा ५० हजार सहयोग गरेका छन् । यस्तै, कलाकारहरु बसुन्धरा भुषाल, भूवन चन्द र चैत्य देवीले १०र१० हजार सहयोग गरेका छन् ।

यस्तै, जोगिन गजमेरले २५ हजार सहयोग गरेको संघका महासचिव अनन्त तिमिल्सिनाले अनलाइनखबरलाई बताए । दोश्रो चरणमा छुटेका प्राविधीकहरुलाई संघले राहत वितरण गरेको छ ।

नायिका करिश्मा मानन्धरले ब्लाङ्केट, कलाकार दयाहाङ राइले कम्मल र कलाकार सरिता गिरीले त्रिपाल उपलब्ध गराएका थिए ।

यस्तै, छुटेका ६५ जना प्राविधीकलाई चामल, नुन, दाल प्रदान गरिएको थियो । जसनदेव श्रेष्ठले प्राविधीकहरुका लागि खाद्यन्न सहयोग गरेका थिए । करिब ३ सय प्राविधीक भूकम्पबाट प्रत्यक्ष पीडित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment