Comments Add Comment

किसानको ऋण र व्यापारीको ब्याज मिनाहा गर्न एमाओवादीको माग

Prachanda (2)

७ जेठ, काठमाडौं । एमाओवादीले भूकम्प प्रभावित गाउँका किसानहरुको ऋण मिनाहा गर्न सरकारसँग माग गरेको छ । साथै व्यवसायीहरुले लिएको ऋणको ब्याज मिनाह गर्न एमाओवादीले आग्रह गरेको छ ।

राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय श्रम अभियानमा खटिने नेता कार्यकर्ताको विदाइ कार्यक्रममा प्रचण्डले नेपाललाई ऋण दिने दाताहरुलाई धन्यवाद दिँदै ऋण मिनाहाका लागि सरकारले पहल गर्नु पर्ने समेत बताएका छन् ।

पर्यटन क्षेत्र प्रभावित नहोस्

एमाओवादी अध्यक्ष प्रचण्डले पर्यटन क्षेत्रलाई भूकम्पले निकै आक्रान्त पारेकाले पर्यटन ब्यवसायलाई प्रभावित नहुने काम गर्न सरकारलाई आग्रह गरे ।

पर्यटन व्यवसायी धारासायी पार्न नहुने भन्दै उनले भने-‘यो वर्ष सगरमाथा आरोहण दलका सदस्यहरुलाई दस्तुर नलिने निर्णय भएको छ, अर्को वर्ष पनि आरोहणका दस्तुर मिनाहा गरी आरोहण गर्न जान पाउने व्यवस्था गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment