Comments Add Comment

श्रीलंकाली लेजेन्ड सनथ जयसूर्याले नेपालविरुद्ध खेल्ने

Sanath-Jayasuriya

७ जेठ, काठमाडौं । भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउन नेपाल र विश्व ११ बीच हुने खेलमा श्रीलंकाका जेलेन्ड सनथ जयसूर्याले खेल्ने भएका छन् ।

श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका जयसूर्याले विश्व ११ बाट खेल्ने मलेसिया क्रिकेट एशोसिएशनको प्रस्ताव स्वीकार गरेका छन् । जयसूर्याले ट्वीट गर्दै ब्याट फर नेपाल अभियान अन्तरगत हुने खेलमा आफूले विश्व ११ बाट खेल्ने पुष्टि गरेका हुन् ।

श्रीलंकाका अर्का लेजेन्ड रोसन महानामाले आफूले पनि अभियानलाई समर्थन गर्ने बताएका छन् ।

नेपाली राष्ट्रिय टोली र विश्व ११ बीच किनरारा ओभलमा ५० ओभरका खेल हुनेछ । तर, मिति भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment