Comments Add Comment

गाईको मलबाट गुड्ने बसले राख्यो विश्व रेकर्ड

गाईको मलमुत्रलाई इन्धनको रुपमा उपयोग गरी गुड्ने बसले विश्व रेकर्ड कायम गरेको छ । ७७ माइल प्रतिघण्टाको गतिमा गुडेर उक्त बसले सबैभन्दा तिब्र गतिको गौमल बसको कीर्तिमान कायम गरेको हो ।

Reading Buses 'cow poo bus

बेलायतको बेडफोर्ड मिलब्रुक प्रुभिङ ग्राउण्डमा गाइको मलबाट गुड्ने रिडिङ बसले ७६.७८५ माइल प्रतिघण्टाको तिब्र गति हासिल गर्न सफल भयो ।

फ्रिजियन जातको गाईजस्तै सेतो र कालो रङमा सजिएको उक्त बसले इन्धनको रुपमा गाईको मलमुत्रबाट निस्किने बायोमिथेन उपयोग गर्छ । यो बसले सामान्यतया बेलायतको रिडिङ सहरमा यात्रु बोक्ने गर्दछ ।

युके टाइमिङ एसोसिएसनले उक्त बसको पछिल्लो गतिलाई प्रमाणित गरेको हो । यो प्रकारको बस औषतमा ५६ माइल प्रतिघण्टाको दूरीमा गुड्ने गरेको भएपनि यसले झण्डै ७७ माइल प्रतिघण्टाको उच्चतम गति कायम गर्न सफल भएको हो ।

यो बसको निर्माता कम्पनीका प्रमुख कार्यकारी मार्टिज्न गिलर्बटका अनुसार यो बसले अहिलेसम्मकै उच्च गति कायम गरेपनि गिनिज बुकमा नाम लेखाउनबाट भने निकै पछाडि छ । प्रतिमाइल १५० किलोमिटरको दूरी तय गरेमा मात्रै विश्वमा सबैभन्दा तिब्र गतिको बसको कीर्तिमान कायम गर्न सक्नेछ ।

यो बसको छानोमा सातवटा ट्यांकी छन् जसमा गाईवस्तुको गोबर राखिन्छ । त्यसरी थुपारिने गोबरलाई अक्सिजनको अनुपस्थितिमा विच्छेद गराएर उर्जा निकालिन्छ, जसलाई एनएरोबिक डाइजेसन भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment