Comments Add Comment

दुनियाकै अनौठो रेष्टुरेन्ट, महिलाको मिनीस्कर्ट हेरेर बिलमा छुट

कहिले पाहुनालाई ट्वाइलेटमा बसाएर खुवाउने त कहिले मोटो र दुब्लो मानिसलाई सित्तैमा खुवाउने । कहिले रोबोटलाई वेटर बनाउने त कहिले लुगाको आकार हेरेर खानपिनको व्यवस्था गरिदिने । चीनमा यस्ता धेरै प्रकारका रेष्टुरेन्टहरु छन् जसको बारेमा सुन्दैमा अनौठो लाग्छ ।

पूर्वी चीनको जिनान सहरमा यस्तै अनौठो रेष्टुराँ छ । यांग जिया हटपट रेस्टुरेन्टले ग्राहकलाई लोभ्याउन निकै नै अनौठो प्रयोग सुरु गरेको छ । उक्त रेष्टुरेन्टमा खानपिन गर्न जाने युवतीहरुका लागि स्कर्टको आकार नापेर बिलमा छुट दिने गरिन्छ ।

उक्त रेष्टुरेन्टमा युवतीहरुले जति छोटा स्कर्टहरु लगाए उनीहरुको बिलमा उति नै धेरै डिस्काउन्ट हुन्छ ।

customers_line_up_to_have_their_miniskirts_measured_i-a-7_1431953141324

यो रेष्टुरेन्टमा महिला ग्राहक पुग्ने बित्तिकै कर्मचारीहरुले यदि ग्राहक महिलाले स्कर्ट लगाएको भए उनको स्कर्ट नापजाँच गर्न सुरु गरिहाल्छन् । स्कर्टको लम्बाइको आधारमा महिला ग्राहकको बिलमा छुट प्रदान गरिन्छ । नाप्ने फित्ता लिएर कर्मचारीहरुले महिला ग्राहकको स्कर्ट उनको घुँडाभन्दा कति माथि छ भन्ने नाप लिनमा व्यस्त रहन्छन् दिनभर ।

यदि महिलाले लगाएको स्कर्ट घुँडाभन्दा तीन इन्च माथिसम्म मात्र छ भने बिलमा २० प्रतिशत छुट दिइन्छ । यदि स्कर्ट निकै छोटो भएर घुँडाभन्दा १३ इन्च माथिसम्म मात्र छ भने त ती महिला ग्राहकले आफ्नो बिलमा ९० प्रतिशत नै छुट पाउँछिन् ।

अघिल्लो हप्तादेखि मिनिस्कर्टको साइज हेरेर छुट दिने स्कीम रेष्टुरेन्टले सुरु गरेको हो । पछिल्लो समयमा रेष्टुरेन्टको व्यापार स्वात्तै घटेपछि ग्राहकलाई आकर्षित गरेर व्यापार बढाउन रेष्टुरेन्ट मालिक इसन यांगले यो काइदा अपनाएका रहेछन् । यो अफरको फाइदा उठाउनका लागि महिलाहरु पनि लालायित देखिएका छन् । पहिलो दिन आइतबार मात्रै ५० जना महिला ग्राहकले मिनिस्कर्टको लम्बाइको आधारमा छुट प्राप्त गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment