Comments Add Comment

वैज्ञानिक भन्छन् : कफीले बढाउँछ यौनक्षमता

Could-COFFEE-be-nature's-Vi

दिनमा एक वा दुर्इ ठूलो कप कफी पिउने पुरुषहरु उत्तेजना सम्बन्धि समस्याबाट पीडित हुने सम्भावना कम रहेको एक अध्ययनले देखाएको छ ।

तथ्यांक अनुसार एक ठूलो कप कफीमा १ सय मिलिग्रामदेखि डेढ सय मिलिग्रामसम्म क्याफाइन तत्व हुन्छ । जबकी एक कप चियामा ७५ मिलीग्राम तथा एक क्यान कोकमा ४० मिलिग्राम क्याफाइन हुन्छ ।

शोधकर्ताहरुका अनुसार दिनमा ८५ देखि १७० मिलिग्रामसम्म क्याफाइन सेवन गर्ने मानिसमा यौनचाहना नहुने र उत्तेजनामा समस्या हुने इरेक्टाइल डिस्फंसनको समस्या कफी नपिउने मानिसमा भन्दा ४२ प्रतिशत कम हुन्छ ।

त्यस्तै दिनमा १७१ देखि ३०३ मिलिग्रामसम्म कफी पिउने पुरुषमा भने यौनचाहनाको समस्या ३९ प्रतिशत कम हुन्छ ।

Coffeeशोधकर्ताहरुका अनुसार बढी वजन भएका, मोटोपनाबाट ग्रसित तथा उच्च रक्तचापको समस्याका कारण उत्तेजनाको समस्या भएका पुरुषहरुमा समेत कफीले फाइदा गर्दछ र यौन उत्तेजना र चाहनामा वृद्धि गर्दछ । तथापि मधुमेह भएका मानिसहरुमा भने कफीले यौन क्षमता बढाउने सबालमा कुनै सकारात्मक भूमिका खेल्दैन ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरुका अनुसार कफीमा हुने क्याफाइन तत्वले पुरुष यौनांगका रक्तधमनीहरुलाई खुल्ला बनाउन सहयोग गर्छ जसका कारण लिंगमा बढी रक्तप्रवाह हुन्छ ।

४ हजार जना पुरुषमा गरिएको अध्ययनका क्रममा उनीहरुले २४ घण्टामा पिउने कफी, चिया, चिसो पेय पदार्थका साथै स्पोर्ट ड्रिङ्क्सको प्रभावका विषयमा विश्लेषण गरिएको थियो ।

शोधकर्ताहरुका अनुसार कफीले मानिसमा हृदयाघातको जोखिम पनि कम गर्छ र टाइप टू मधुमेहका साथै छालाका क्यान्सरबाट बचावटका लागि समेत सहयोग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment