Comments Add Comment

ओमानमा अवैधानिक रुपमा रहेकालाई स्वदेश फिर्ताको मौका

ओमान । वैैदेशिक रोजगारीको शिलशिलामा ओमानमा बिभिन्न समस्याहरुले गर्दा अबैैैधानिक बनेका बिदेशी नागरिकहरु स्वदेश फर्किन पाउने भएका छन् । अवैधरुपमा बस्दै आएका नागरिकलाई स्वदेश फिर्तीको लागि ओमान सरकारले अवसर प्रदान गरेको हो ।

ओमान सरकारका अनुसार आउट पास वाएम्नेष्टी अर्थात ग्रेस परियड अवधि मे ३ देखि तीन महिनाको लागि छुट दिइएको हो । अवैध रुपमा रहेका नागरिकले ३१ जुलाई सम्म स्वदेश फर्किन पाउनेछन् ।

ओमानमालगभग १५ देखि २० हजारको हाराहारीमा नेपालीहरु पनि रहेको अनुमान गरिएको छ । सरकारी आँकडामा भने १३ हजारको आसपासमा अवैध नेपाली रहेको जनाइएको छ ।

आउटपासमा पुलिस काण्ड परेकाबाहेक भिषाको अवधि सकिएका, लेबर कार्डको मिति सकिएका, स्पोन्सरबाट भागेर अन्यत्र काम गरिरहेकाहरुले आफ्नो सरकारी नियोग वा दुतावासमा सम्पर्क गरेर स्वदेश फिर्ता हुन सक्नेछन् ।

नेपाली दुतावास ओमानका श्रम सहचारी भवनाथ खतिवडाका अनुसार २० मे पहिलोपटक २६ महिला तथा ४ पुरुष गरी ३० जनालाई आउटपास मार्फत नेपाल फर्काइएको छ ।

ओमानमा अबैधानिक रहेका नेपालीहरुले स्वदेश फिर्तीको लागि दुतवासमा सम्पर्क गरि आफ्नो पहिचान खुल्ने कुनै एक कागजपत्र (नागरिकता, पासपोर्ट तथा लेबरकार्ड) पेश गनुपर्ने र त्यसैको आधारमा छानबिन गरी प्रहरी मुद्दा नपरेकाले १० दिनमा आफ्नै टिकट खर्चमा नेपाल र्फकन सक्ने जानकारी पनि खतिवडाले दिए ।

स्थानीय पत्रिका ‘टाइम्स अफ ओमान’का अनुसार आउटपासको समय भित्र अबैधानिक बिदेशी कामदार बैधानिक हुन पाउने मौका पनि यहाँको सरकारले दिएको छ । त्यस्ता कामदारले मेनपावर मन्त्रालय र आप्रवास बिभागमा छुट्टाछुट्टै फारम भर्नुपर्नेछ ।

अधिक बसाईका लागि मेनपावर मन्त्रालयमा प्रति महिना लगभग रिओ १९ र आप्रबास बिभागमा प्रतिमहिना रिओ २० का दरले जरिवाना लाग्ने जनाइएको छ ।

आप्रवास विभागमा २५ महिनाको रिओ ५ सयसम्म हिसाब हुने र त्यसभन्दामाथिको हिसाब नहुने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment