Comments Add Comment

यस्तो छ नेपालीले बनाएको अंग्रेजी म्युजिक भिडियो

musicकाठमाडौं । नेपाली निर्देशक उज्जवल केसीले बनाएको अंग्रेजी म्युजिक भिडियो युटुववाट सार्वजनिक भएको छ । चर्चित डिजे जिरो एक्सको नयाँ एल्बम ‘फ्लाई’को भिडियो निर्देशन र सम्पादन केसीले गरेका हुन् ।

यस भिडियोमा यूरोपियन, अफि्रकन कलाकारको साथमा नेपाली कलाकारले पनि अभिनय गरेका छन् । नेपाली कलाकार रिजा केसी, योगिता थापा र विनोद शाहीले अभिनय गरेका छन् । म्युजिक भिडियोमा एशीयल शैलिको डान्सको कम्पोज बिनोद शाहीले गरेका हुन् ।

विश्वमा मौलाउदै गएको घृणा, वितृष्णा हटाउदै सुखी र खुसी भएर बाँच्न भिडियोले सन्देश दिने विश्वास निर्देशकले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment