Comments Add Comment

नेप्लिज कम्युनिटी हिथ्रोद्वारा एनआरएनलाई ६ लाख सहयोग हस्तान्तरण

nepalies community hethroकाठमाडौ । नेपालका भूकम्पपीडितको दुःखमा साथ दिन बिदेशमा कार्यरत नेपालीहरुले आफ्नो गाँस काटेर सहयोग गर्ने क्रम तिब्र भइरहेको छ ।

गैरआवासीय नेपाली संघले बिदेशमा बसोबास गर्ने सवैलाई नेपालका भूकम्पपीडितका लागि राहतमा जुट्न आह्वान गरेलगत्तै विश्वभरका नेपालीहरु सहयोग संकलन अभियानमा तल्लिन छन् ।

गैरआवासीय नेपाली संघको संजालमात्र होइन, बिदेशमा क्रियाशील अन्य नेपाली संघसंस्थाले पनि आफूले जम्मा गरेको रकम गैरआवासीय नेपाली संघमार्फत् नै पीडितसम्म पुर्‍याउन थालेका छन् ।

यसैक्रममा लण्डनस्थित युनाइटेड नेप्लिज कम्युनिटी हिथ्रोले संस्थासँग आबद्ध र केही बिदेशीसमेतको सहभागीतामा संकलन गरेको ६ लाख रुपैयाँ गैरआवासीय नेपाली संघलाई हस्तान्तरण गरेको छ ।

सो रकम बराबरको चेक संस्थाका तर्फबाट निर्मल ढुंगानाले बिहीबार काठमाण्डौमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका थिए ।

गैरआवासीय नेपाली संघले भूकम्प पीडितका लागि संचालन गरेको राहत अभियानप्रति बिश्वास लागेर एनआरएनमार्फत नै सो रकम पीडितसम्म पुर्‍याउन चाहेको संस्थाले बताएको छ ।
‘हाम्रो अभियानमा सहभागी हुँदै विनासर्त उहाँहरुले यो रकम हामीलाई सुम्पिनुभएको छ’ अध्यक्ष शेष घलेले भने, ‘उनीहरुको विश्वासलाई कायम राख्दै हामी हाम्रो घोषित अभियानअनुसार नै वास्तविक पीडितसम्म राहत पुर्‍याउने वाचा गर्दछौं ।’

यसअघि गैरआवासीय नेपाली संघको राहत अभियानबाट प्रभावित भई बर्मामा बसोबास गरिरहेका नेपालीहरुले संकलन गरेको २५ लाख रुपैयाँ पनि गैरआवासीय नेपाली संघलाई हस्तान्तरण गरेका थिए ।

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति मात्र नभएर बिदेशमा वस्ने अन्य धेरै नेपाली संस्था र समुदायले पनि गैरआवासीय नेपाली संघलाई विश्वास गरेर रकम हस्तान्तरण गरेकोमा अध्यक्ष घलेले प्रसन्नता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment