Comments Add Comment

ससुरालीले किन दिए ट्वाइलेट दाइजो ?

mobile-toilet

बिहेमा केटी पक्षले केटा पक्षलाई दाइजो दिने संस्कार कायमै छ । दाइजोमा लुगाफाटो, घरायासी सामान, विद्युतिय सामान, गाडी तथा नगद लगायतका वस्तुहरु दिने चलन हो । तर एकजना युवकले भने त्यो भन्दा फरक दाइजो पाएका छन् । उनलाई ससुरालीले रेडिमेड ट्वाइलेट दाइजो दिएका छन् ।

भारतको महाराष्ट्रस्थित यवतमालका देवेन्द्र मखोडेले शुक्रबार घरमा बेहुलीसँगै दाइजोको रुपमा आएको ट्वाइलेट पनि भित्राए ।

देवेन्द्र र अकोलाकी  बासिन्दा चैताली डी गलाखेबीच केही हप्ता पहिले नै विहे गर्ने कुरो छिनिएको थियो । तर बिहेपछि मात्र केटी पक्षीलाई केटाको घरमा शौचालय नै नभएको कुरा थाहा भयो । आफ्नो हुनेवाला कर्मघरमा ट्वाइलेटकै अभाव रहेको थाहा पाएपछि चैतालीले आफ्ना बुवाआमालाई सबै कुरा बताइन् र आफुलाई दाइजोको रुपमा टिभी, फ्रिज, वाशिङ मेसिन तथा सुनका गहना नचाहिने एउटा बनिबनाउ ट्वाइलेट भए पुग्ने कुरा गरिन् । उनले भनिन्, ‘मलाई बनिबनाउ ट्वाइलेट दाइजो भए पुग्छ, जसलाई लिएर म बिहेको दिन अन्मिएर घर जानेछु ।’

सुरुमा त चैतालीका बुवा दिलिप गलाखेलाई आफ्नी छोरीको माग निकै अनौठो लाग्यो । तर पछि छोरीको खुसीका लागि परिवारले चैतालीको कुरा माने । त्यसपछि स्थानीय एक निर्माण कम्पनीलाई रेडिमेड घुम्ती शौचालय तयार गरिदिने अर्डर गरियो ।

यो कुराले निकै चर्चा पायो । प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानसँग सम्बन्धित एक स्वयंसेवीले उक्त ट्वाइलेट निर्माणको जिम्मा लिए । बेहुलीको स्वास्थ्यप्रतिको सचेतनालाई ध्यानमा राख्दै उनले निकै सस्तो मूल्य अर्थात् १२ हजार भारुमा बनिबनाउ ट्वाइलेट तयार गरी चैतालीका परिवारलाई दिए ।

ट्वाइलेट दाइजो दिइने देवेन्द्र र चैतालीको विवाह समारोह निकै विशेष भयो । परम्परालाई तोड्दै मूल्यवान वस्तुको साटो ट्वाइलेट दाइजो लैजान चाहने र स्विकार्ने चैताली र देवेन्द्रको कदम प्रति सबैले सह्राना गरे । सायद दाइजो प्रथाले जकडिएको समाजका लागि यो निकै राम्रो उदाहरण हुनुका साथै सरसफाइ प्रवर्द्धनका लागि महत्वपूर्ण कदम भएको भन्दै उनीहरुको प्रसंसा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment