Comments Add Comment

सुन्दरीले मासु बेच्न थालेपछि तन्नेरीहरुको लाइन

Snaps Of Beauty Selling Pork Go Viral

बुचर अर्थात् जनावरको मासु काट्ने काम गर्ने मानिस । मासु काट्ने काम आफैमा सजिलो होइन र धेरैको रोजाइमा पर्ने काम पनि होइन । तर ताइवानकी एकजना युवती यति धेरै सुन्दर छिन् की उनले धेरैको सोँचाइ विपरित बुचर पेसा अपनाइरहेकी छिन् । आफ्नो सुन्दरता तथा मुस्कुराहटका कारण मासु किन्न आउने ग्राहकको मन जित्न सफल ती युवती अहिले पोर्क प्रिन्सेस अर्थात् ‘सुँगरको मासुकी रानी’ नामले चर्चित छिन् ।

ताइबानकी २५ वर्षकी झांग केइजी रातारात इन्टरनेटमा लोकपि्रय बनिरहेकी छिन् । उनको परिवारले परम्परागत रुपमै मासु काटेर बेच्ने काम गर्दोरहेछ । झांग ले पनि डोंगमेन मार्केटमा रहेको आफ्ना अभिभावकको व्यवसाय सम्हालेकी छिन् । जब उनी आफ्नो मासु पसलमा बसेर मासु काटेर बेच्न थालिन् तब उनी एकाएक सबैको आँखामा परिन् । उनको मासु पसलमा ग्राहकको संख्या पनि ह्वात्तै बढ्यो । उनको मासु काटिरहेको तस्वीर सोसल मिडियामा भाइरल नै बन्यो ।

अहिले उनको मासु पसलमा ग्राहकहरु मासु किन्न मात्र होइन उनको फोन नम्बर लिन र कुरा गर्नकै लागि समेत लामो लाइनमा बसेर पालो कुर्छन् । पुरुष मात्र होइन महिलाहरु पनि उनको पसलमा आउँछन् र महिलाहरु उनको पसलमा आउनुको मुख्य कारण भनेको आफ्ना छोरा वा नातिलाई झांगसँग भेट गराउनु हो ।

युवतीहरुले आफ्नो पुख्र्यौली पेसालाई अघि बढाउनु राम्रो कुरा रहेको र यस्तो काम गर्ने युवतीहरुलाई सबैले मन पराउने अनुभव आफुलाई भएको झांग बताउँछिन् ।

मासु काटेर बेच्ने पेसा गर्ने आफु आफ्नो परिवारको तेश्रो पुस्ता रहेको भन्दै झांग ले अब पढाइलाई बिट मारेर मासुकै व्यवसाय गर्न चाहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment