Comments Add Comment

सिटामोल औषधि गर्भवतीका लागि हानिकारक

paracetamol

प्यारासिटामोल औषधिको सेवनले गर्भवती महिलाको गर्भको बच्चालाई नकारात्मक असर पार्ने एक अध्ययनले देखाएको छ । यो औषधिले गर्भको बच्चालाई नोक्सानी पूराउनुका साथै बाँझोपन तथा क्यान्सर सम्मको खतरा हुने बताइएको छ ।

बेलायतको इडिनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुले गरको अनुसन्धानबाट यस्तो तथ्य पत्ता लागेको हो । गर्भवती महिलाहरुले सकेसम्म प्यारासिटामोल औषधिको सेवन नगर्ने र गर्नै परेमा पनि निकै कम डोज मात्र लिनुपर्ने शोधकर्ताहरुको सल्लाह छ ।

बेलायतको रोयल कलेज अफ मिडवाइफका अनुसार आमा बन्ने क्रममा रहेका महिलाहरुले डाक्टरको सल्लाह विना प्यारासिटामोल औषधि कहिल्यैपनि सेवन गर्न नहुने र सेवन गर्नैपरेमा पनि चिकित्सकको परामर्शमा मात्र सेवन गर्नुपर्ने बताएको छ ।

प्यारासिटमोल विश्वमा सबैभन्दा धेरै सेवन गरिने औषधि हो जुन दुखाइ कम गर्न तथा जिउको तापक्रम कम गर्ने उपायको रुपमा सेवन गरिन्छ । अहिलेसम्म यो औषधिले हरेक प्रकार तथा अवस्थामा मानिसलाई सुरक्षित मानिएको थियो तर पछिल्लो अध्ययनले भने प्यारासिटामोलले गर्भमा रहेको बच्चामा असर पार्ने र उसको प्रजनन क्षमतामा नोक्सान पूराउने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment