Comments Add Comment

अधिकांश समय आलियाको घरमा बिताउँदै सिद्धार्थ

sidartha-and-aliya
बलिउड नगरिमा अहिले एक जोडीको प्रेम उडान रमाइलोसँग भैरहेको छ । ‘स्टूडेन्ट अफ द ईयर’ जोडी सिद्धार्थ मल्होत्रा र आलिया भट्ट अहिले प्रेमको रमाइलो उडानमा उडिरहेका छन् । बाहिरी दुनियाँमा आफ्नो प्रेमलाई कबुल नगरेको यो जोडी भित्री रुपमा भने प्रेम पौडीमा डुबुल्की मारिरहेको छ ।

सिद्धार्थ अहिले अधिकांश समय आलिया भट्टको घरमा भेटिन्छन् । सिद्धार्थ र आलिया लिभिङ टूगेदरमा नबसेपनि अधिकांश समय एकसाथ बिताउन थालेको भारतीय संचारमाध्यमको दाबी छ ।

यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा पनि यी दुई कलाकार एकसाथ हुन्छन् । उनीहरु एकसाथ गफमा मस्त भएको धेरै पटक  देखिएको छ ।

भारतीय मिडियाले यी दुई कलाकार अब एकसाथ लिभिङ टूगेदरमा बस्न लागेको दाबी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment