Comments Add Comment

सिन्धुपाल्चोकको विद्यालयलाई अमेरिकाबाट १५ लाख सहयोग

सिन्धुपाल्चोक । अमेरीकामा बसोबास गर्ने नेपालीहरुले सिन्धुपाल्चोकका भत्किएका विद्यालयहरु पुनर्निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग पठाएका छन् ।
sindhupalchol school realif
अमेरिकामा रहेर शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था ‘हिमालयन फाउण्डेसन कर्प’ तथा ‘करि विथआउट वरी’ नामक संस्थाले सिन्धुपाल्चोकको दुवाचौर गाविसमा रहेका ५ वटा विद्यालय पुनर्निर्माणका लागि १५ लाख रुपैँया सहयोग प्रदान गरेको हो । सो संस्थानले २ सय बोरा चामल पनि पीडित परिवारलाई वितरण गरेको कुल तामाङ्ले जानकारी दिए ।

हिमालयन फाउण्डेसनका अध्यक्ष यज्ञलाल श्रेष्ठ र करि विथआउट वरीका कार्यक्रम संयोजक श्रवण नेपालीले राहत सामाग्रीका नाममा खाद्यान्न वितरण गर्नुभन्दा पढ्नका लागि विद्यालय निर्माणमा सहयोग गर्नु उपयुक्त हुने धारणा राखेका थिए ।

सिन्धुपाल्चोकको दुवाचौरमा मात्र भूकम्पबाट १ सय ६१ जनाले ज्यान गुमाएका छन भने १३ सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । केही समयअघि हिमालयन फाउण्डेसनको २८ लाख रुपैया सहयोगमा निर्माण भएको एक विद्यालय सञ्चालनमा नआउँदै भूकम्पले क्षतीग्रस्त बनाईदिएको छ । कार्यक्रममा शसस्त्र प्रहरीका पूर्व आईजीपी शैलेन्द्र श्रेष्ठले यस बिपतमा शिक्षाका लागि आफ्नो संस्थाले अझै सहयोग बढाउने बताए ।

-कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment