Comments Add Comment

स्वीट्जरल्याण्डका नेपाली कामदारको सहयोगमा १२७ परिवारलाई जस्तापाता वितरण

thailand helpकाठमाडौं । स्वीट्जरल्याण्डमा रहेका नेपाली कामदारहरुको सहयोगमा नुवाकोटमा भूकम्प प्रभावित १ सय २७ परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

rajesh khadkiलामो समयदेखि स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका राजेश खड्गीले आफ्नो व्यक्तिगत प्रयासमा राहत संकलन गरी नुवाकोटका चौघडा बानियाँटारका पीडितलाई टहरा बनाउन सघाउ पुर्याउने उद्देश्यले जस्तापाता वितरण गरेका हुन् ।

गत वैैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्प र त्यसको निम्त्याएको महाबिपत्तिमा परेकाहरुलाई सहयोग गर्न भन्दै खड्की कम्पनीबाट विदा मिलाएर नेपाल आएका थिए । उनी स्वदेश आउने बेलामा आफ्नो कम्पनीमा कार्यरत नेपालीहरुसँग आर्थिक संकलन गरी राहत वितरणमा जुटेका हुन् ।

नेपालमा आई परेको बिपत्तिले नेपालमा बस्ने नेपालीहरु मात्र नभई विदेशमा रहने प्रवासी नेपालीहरुलाई पनि मर्माहत बनाएको उनले बताए ।

राहत वितरण गर्ने क्रममा उनले ललितपुरको इमाडोल महालक्ष्मी नगरपालिकास्थित हेल्पिङ सोसाइटीलाई बिपत्तिमा परेका स्थानीयहरुको सहयोगार्थ पचास हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

आफ्नो जन्मस्थान कामपा २९ वडा ठमेलमा भत्केका घरहरुको पुनर्निमाण तथा त्रिपाल वितरणमा सहयोग पुगोस भनि तीस हजार रुपैयाँ सहयोग गरेको पनि उनले बताए ।

helping sociaty-thailandराहत बितरणमा आफूलाई नेपालमा बिषेश सहयोग गर्ने अर्जुनलाल प्रधान, चर्चित गायक जोहेब मानन्धर, सगेस पुरी, दिपेश श्रेष्ठ, विपिन जोशी लगायतका अन्य स्वयमसेवक साथीहरु तथा सहयोग संकलनमा स्वीट्जरल्याण्डबाट विशेष सहयोग गर्ने एबीबी कम्पनीका म्यानेजर अल्मिर, मार्टिन टेण्डर, इर्सेक भिसन्जा लगायतप्रति आभार ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment