Comments Add Comment

भूवनले गरे राजेशको यस्तो कटाक्ष

bhuwan-kc
नेपाली चलचित्रका दुई नायक, राजेश हमाल र भूवन केसीको शितयुद्ध अझै पनि जारी छ । उसो त राजेशले भूवनको बारेमा टिप्पणी गरेको सुनिदैन । तर, मौका परेको खण्डमा भूवनले पनि राजेशको बिषयमा केही न केही बोलेकै हुन्छन् । राजेश हमाललाई महानायक भन्न थालिएपछि भूवन केसी केही असन्तुष्ट देखिएका छन् ।

चलचित्र सफलताको हिसाबले हेर्ने हो भने भूवन केसीको चलचित्र ज्यादा छन् । अर्कोतिर, उनी सफल निर्माता पनि हुन् । तर, सामाजिक परिवेश र दर्शक क्रेजका हिसाबले हेर्ने हो भने भूवन भन्दा राजेश अगाडि देखिन्छन् । नेकपा एमाले पार्टीमा लागेर संविधान सभाको चुनावमा टिकट पाएर पनि खोसिएपछि परेपछि भूवन केसीको आलोचना धेरै भएको पाइन्छ ।

राजेश हमालप्रति लक्षित गर्दै भूवनले कैयौ पटक चलचित्र असफल हुने कसरी महानायक भन्ने गरेका छन् । तर, आजसम्म यस बिषयमा हमालको मुखबाट भूवनको बिषयमा केही कुरा सुनिएको छैन ।

हालै मात्र पनि एक स्थानमा पुगेका भूवनले हमालको बारेमा यस्तै कटाक्ष गरे । यूवा कलाकर्मीहरुले काभ्रेको रामपुर डाँडामा ४० वटा अस्थायी घर निर्माण गरेर स्थानियलाई हस्तान्तरण गरे । ती घरहरुको नाम नेपाली चलचित्रको नामबाट राखिएको थियो ।

तर, रोचक कुरा के भयो भने धेरैजसो घर नायक भूवन केसीले अभिनय गरेका चलचित्रको नामबाट पर्न गयो । नायक राजेश हमालले अभिनय गरेको ‘देवता’ चलचित्रको नाम मात्र घरको नाम रहन पुग्यो । आफूले अभिनय गरेका धेरै चलचित्रको नाम पर्दा भूवन केसी खुशी नहुने कुरै भएन । उनले पनि मौका कहाँ छाड्थ्य र, भनिदिए-‘आफूले खेलेको एउटा मात्र चलचित्रको नाम परेर होला, हमाल जी यहाँ आउनु भएन ।’

जतिबेला राजेश र भूवनको चलचित्र टकराव थियो, सो समयमा हमालको भन्दा भूवनको चलचित्र धेरै चलेका थिए । हिट चलचित्रको नाम पनि भूवनकै बढी देखिएको छ । यही कुरामा अर्का नायक दीलिप रायमाझीले भूवन केसी ‘महानायक’ भएको बताइदिए ।

नेपालमा भूवनलाई ‘सदावाहर नायक’ भनिन्छ भने हमाललाई ‘महानायक’को उपाधी नेपाल चलचित्र प्राविधीक संघले दिएको हो । तर, भूवन केसीले यसपछि हमालको अप्रत्यक्ष रुपमा आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment