Comments Add Comment

एमालेको राहत खातामा पर्यटन व्यवसायीको साढे ५ लाख

UML-Rahat-Final

८ जेठ, काठमाडौं । नेकपा एमालेको प्राकृतिक विपत्ति राहत कोषमा एमाले सम्बद्ध पर्यटन व्यवसायीहरुले एकमुष्ठ साढे ५ लाख भन्दा बढी रकम जम्मा गरेका छन् ।

एमालेको कृषि विकास बैंक कालिमाटी शाखाको खाता नं. ०२१०३००७१७९१७०१० मा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गरेको हो ।

शुक्रवार पार्टी कार्यालय मदननगर बल्खु परिसरमा अवस्थित महाभूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको कार्यालयमा महासचिव तथा केन्द्रीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई संगठनका अध्यक्ष चन्द्र रिजालले चेक हस्तान्तरण गरे ।

सो अवसरमा पार्टीका केन्द्रीय सचिव तथा राष्ट्रिय स्वयंंसेवक परिचालन समितिका संयोजक गोकर्ण विष्ट, केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र पर्यटन प्रवर्द्धन विभागका प्रमुख सूर्य थापाको उपस्थिति थियो ।

संगठनले केही त्रिपाल र म्याट्रेससमेत भूकम्पपीडितहरुका लागि संकलन गरी पार्टीलाई हस्तान्तरण गरेको पर्यटन विभाग प्रमुख थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment