Comments Add Comment

अशोक लेलैण्डको अधिकृत विक्रेता बन्यो आईएमई ग्रुप

८ जेठ, काठमाडौ । भारतस्थित अशोक लेलैण्ड लिमिटेडको नेपालको अधिकृत विक्रेता आइएमई ग्रुपले पाएको छ । कम्पनीका लागि नेपालको लागि एक मात्र अधिकृत विक्रेताको रुपमा आईएमई ग्रुप अन्तगर्तको एलटी इन्टरप्राइजेजलाई नियुक्त गरेको हो ।

अबदेखि नेपालमा आईएमई समूहको एलटी इन्टरप्राइजेजले मात्र अशोक लेलैण्डको गाडीहरु आयात गर्ने तथा विक्री वितरण गर्ने अशोक लेलैण्ड र आईएमई समूहद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

ashok lelandअशोक लेलैण्ड भारतको दोस्रो ठूलो बस, ट्रक निर्माण गर्ने कम्पनी रहेको छ । यसले १.५ टन क्षमताको साना पिकअप, सात सिट क्षमताको एमपीभीदेखि लिएर ४९ टन क्षमता सम्मका ठूला ट्र्रेक्टर-ट्रेलरहरु र ५०/६० सिट क्षमताका बसहरु, ट्रिपर ट्रकहरु निर्माण गरी विश्वभर बिक्री गर्ने गर्दछ ।

आईएमई समूहको यस एलटी इन्टरप्राइजेज एक मात्र अधिकृत विक्रेताको रुपमा नियुक्त भएपछि नेपालका प्रमुख ५ स्थानमा सेल्स/सर्भिस/स्पेयर्सको ब्यवस्थासहित सुविधा सम्पन्न शोरुम तथा वर्कशपहरु तुरुन्त सञ्चालन गर्ने जनाएको छ ।

आईएमई ग्रुपले यसअघिदेखि नै एएमडब्लुब्राण्डको ट्रक टि्रपर, सामे ब्राण्डको ट्रयाक्टर, यूएमब्राण्डको मोटरसाईकल, स्कर्ट ब्राण्डको कन्स्ट्रक्शन इक्विप्मेन्टको नेपालको लागि एक मात्र अधिकृत विक्रेताको रुपमा काम गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment