Comments Add Comment

सलमान खान निस्किए, बरुण र आलियाले ‘शुद्धी’मा रोमान्स गर्ने

barun-and-aaliya
लामो समयदेखि कलाकार विवादका कारण चर्चामा रहेको चलचित्र ‘शुद्धी’का लागि कलाकार पक्का भएका छन् । ऋतिक रोशन र करिना कपुरबाट सुरु भएको कलाकार चर्चा बरुण धवन र आलिया भट्टमा आएर टुङ्गिएको छ ।

ऋतिक र करिनाले छाडेपछि निर्माता करण जोहरले सलमान खानसँग यो चलचित्रमा काम गर्ने बताएका थिए । यो चलचित्रलाई करण जोहरको महत्वकांक्षी प्रोजेक्ट पनि भनिएको छ ।

लामो समयदेखि करणले सलमानका लागि नायिका खोजिरहेका थिए । तर, ‘हिट एन्ड रन’ केसमा अल्भिmएपछि सलमान खान यो चलचित्रबाट पछाडि हटेका हुन् । करणले चलचित्रका लागि मुख्य कलाकारमा बरुण धवन र आलिया भट्ट पक्का भएको ट्विटरमार्फत जनाएका छन् ।

बरुण धवन पक्का भएपछि नायक सलमान खानले पनि ट्विटरबाट वधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment