Comments Add Comment

बाहिरिनेभन्दा देशमा भित्रिने रकम साढे ४९ अर्बले धेरै

Nepali money८ जेठ, काठमाडौं । वैदेशिक लगानी बढेसँगै र विलासी बस्तुको आयातमा निरुत्साहित गर्ने नीति अबलम्बन गरेसँगै देश बाहिरीने भन्दा भित्रिने रकमे धेरै छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा शोधनान्तर स्थिति अर्थात भुक्तानी सन्तुलन ४९ अर्ब ४० करोड रुपैयाँले बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो चैतमा चालू खाता २१ अर्ब ६८ करोडले बचतमा छ । गत वर्षको यसै महिनामा यो खाता ६८ अर्ब ७७ करोडले बचतमा थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर बचत ४९ करोड ४४ लाख डलर रहेको छ भने चालू खाता बचत २१ करोड ४२ लाख डलर रहेको छ । गत वर्षको यसै अवधिमा शोधनान्तर बचत १ अर्ब ७ करोड डलर र चालू खाता बचत ६९ करोड १५ लाख डलर रहेको थियो ।

एफओबी मूल्यमा आधारित वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिमा २९.१ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ९६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यो चैतमा खुद सेवा खाता १५ अर्ब ३१ करोडले बचतमा छ ।

गत वर्षको यसै अवधिमा यो खाता १५ अर्ब ७८ करोडले बचतमा थियो ।

त्यस्तै, खुद ट्रान्सफर आय अघिल्लो वर्षको सोही अवधिको ३३.५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ४.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ८३ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । ट्रान्सफर अन्तर्गत विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको ३१.५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ७.१ प्रतिशतले बढी रु. ४ खर्ब २६ अर्ब १९ करोड पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिको १५.६ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ७.४ प्रतिशतले वृद्धि भई ४ अर्ब ३१ करोड डलर पुगेको छ । मासिक रुपमा हेर्दा विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत महिनामा १०.३ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा वित्तीय खाता अन्तर्गत २ अर्ब ८९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment