Comments Add Comment

बाजेको सेकुवा चितवनमा, देशभर शाखा खोल्ने लक्ष्य

८ जेठ, काठमाडौं । बाजेको सेकुवाले भरतपुरको चितवनमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले फ्रेञ्चाइज मोडलमा शुक्रबारदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

Bajeko-Sekuwaकाठमाडौं उपत्यकाबाहिर बाजेको सेकुवाले खोलेको यो दोस्रो फ्रेञ्चाइज रेष्टुरेन्ट हो । यस अगाडि कम्पनीले पोखराको नागढुंगामा फ्रेञ्चाइज मोडलमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।

बाजेको सेकुवा सञ्चालनमा आएसँगै अब भरतपुरबासीले लोकप्रिय सेकुवा, तास लगायतका नेपाली खानाको स्वाद लिन पाउने भएका छन् । अहिले बाजेको सेकुवाका ५ वटा पूर्ण स्वामित्वका र ४ वटा फ्रेञ्चाइज गरी ९ वटा शाखाहरु सञ्चालनमा छन् ।

हालैमात्र बाजेको सेकुवाले काठमाडौंको सुकेधारमा फ्रेञ्जाइजी मोडलको शाखा सञ्चालनमा ल्याएको थियो । फ्रेञ्चाइजहरु बाजेको भेञ्चर नामक कम्पनीको व्यवस्थापन अन्तर्गत सञ्चालन हुनछन् ।

‘नेपाली घरेलु कम्पनीले फ्रेञ्चाइज मोडलमा देशभरी शाखा विस्तार गरेको सम्भवतः यो पहिलो प्रयास हो’ बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले भने- ‘नयाँ फ्रेञ्चाइजमा रामचन्द्र केसी र दिपेन्द्र केसीको स्वामित्व रहेको छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील खड्काले आगामी आर्थिक वर्षभित्रमा ८ फ्रेञ्चाइजहरु खोल्ने बताउँदै अबको पाँच वर्षमा नेपालका प्रमुख शहर तथा विदेशमा पनि शाखा विस्तार गर्ने योजना रहेको बताए ।

बाजेको भेञ्चर्सले नेपाली उपभोक्ताका लागि सुपरमार्केट र खुद्रा पसलमार्फत निकट भविष्यमा प्याकेज मिट तथा मसला पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment