Comments Add Comment

लुम्विनी अञ्चलकै ठूलो पुस्तकालय उच्च जोखिममा

सलमान खान
८ जेठ, भैरहवा । रुपन्देही जिल्ला सदमुकामस्थित भैरहवा बहुमुखी क्याम्पसको पुस्तकालय भवनमा भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माणमा एक करोड खर्च हुने अनुमान गरिएको छ ।

Bhairahawa-campus

लुम्विनी अञ्चलकै ठूलो भनिएको यो पुस्तकालयको शुक्रवार प्राविधिक टोलीले निरीक्षण गरी बस्नको लागि खतरा रहेको ठहर गरेको छ । शहरी विकास तथा भवन कार्यालय भैरहवाका इन्जिनियर घनश्याम यादवको टोलीले भवनको निरीक्षण गरेको थियो ।

‘भवनमा बस्न खतरा भएको प्राविधिक टोलीले भन्यो,’ क्याम्पस प्रमुख डा. घनश्याम न्यौपाने परिश्रमीले भने, ‘पुनर्निर्माणका लागि १ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान छ ।’

जोखिम मोलेर काम

यो पुस्तकालयमा झण्डै ६ हजार पुस्तकहरु छन् । प्राविधिक टोलीले बस्न खतरा भने पनि तत्काल अन्यत्र सार्ने विकल्प नभएकाले जोखिम मोलेर काम गर्न कर्मचारीहरु बाध्य छन् ।

०४५ सालमा निर्माण गरिएको यो भवनमा पिलरहरु छैनन् । गत वैशाख १२ को भूकम्पमा चर्किएको भवनलाई २९ गतेको अर्को भूकम्पले थप क्षति पुर्‍याएको थियो । भवनको बाहिरी र भित्री भागहरु चर्कीएका छन् ।

सँगै रहेको रिडिङ कक्षको भवन पनि चर्कीएको छ । पीलर सिस्टमले बनाईएका कारण यो भवनमा भने बढी क्षति भएको छैन । क्याम्पसको प्रशासनिक र बिज्ञान भवन पनि क्षति पुगेको छ ।

पटक पटक लिखित र मौखिक अनुरोध गरेपछि प्राविधिक टोलीले पहिलो चरणमा निरीक्षण गरेको र क्षतिको पूर्ण विवरणका लागि थप अध्ययन गर्ने क्याम्पस प्रमुख न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment