Comments Add Comment

विश्व विकास बैंक र फेवा फाइनान्सको मर्ज प्रस्ताव पारित

सन्देश श्रेष्ठ
८ जेठ, काठमाडौं । पोखरामा रहेका विश्व विकास बैंक र फेवा फाइनान्स आपसमा गाभिने (मर्ज) हुने भएका छन् । क्षेत्रीय स्तरका दुई वित्तीय संस्था आपसमा गाभिएर राष्ट्रिय स्तरको विकास बैंक हुने बताइएको छ ।

दुबै वित्तीय संस्थाले शुक्रबार पोखरामा छुट्टा-छुट्टै विशेष साधारणसभा गरेर मर्ज प्रस्ताव पारित गरेका छन् । साधरणसभाले प्रस्ताव margerपारित गरेपछि मर्जका लागि औपचारिक बाटो खुलेको छ ।

मर्जपश्चात बन्ने वित्तीय संस्थाको नाम नागरिक विकास बैंक राख्ने विषयमा छलफल भइरहेको छ । उक्त नाममा सहमती नजुटे पहिलो विकल्पमा सहारा विश्व विकास बैंक र दोस्रो विकल्पमा नेशनल विकास बैंक राख्ने प्रस्ताव गरेको फेवा फाइनान्सका पूर्वअध्यक्ष विन्दुकुमार थापाले बताए ।

बैंकका अध्यक्ष जगनबहादुर गुरुङ र फाइनान्सका अध्यक्ष दिलबहादुर गुरुङले मर्जपश्चात नेपालकै उत्कृष्ट राष्ट्रिय स्तरको विकास बैंक हुने विश्वास व्यक्त गरे । यो वर्षको असार मसान्तसम्ममा संयूक्त रुपमा कारोबार गर्ने गरी मर्जर प्रक्रिया अगाडि बढाएको गुरुङद्धयले जानकारी दिए ।

‘मर्जपछि हाम्रो सेवामा विविधिकरण हुनुका साथै अत्याधुनिक सेवासहित पुँजी बलियो हुने भएकोले अझ बढी प्रतिष्प्रर्धी हुनेछौं’ उनीहरुले भने ।

मर्जपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा विश्व विकास बैकका अध्यक्ष गुरुङ रहने र प्रमुख कार्यकारी अधिकृतमा फेवा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहने आन्तरिक सहमति भएको छ ।

असोज मसान्तसम्म दुबै संस्थाको चुक्ता पूँजी ८१ करोड ६१ लाख निक्षेप ८ अर्ब र कर्जा करिब  ७ अर्ब रहेको छ ।  मर्जपछि संस्थाको २८ वटा शाखा सञ्जाल र १६ एटीएम हुनेछन् । पोखरामा केन्दि्रय कार्यालय रहेका यी दुवै संस्था वित्तीय हिसाबले सबल र सक्षम मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment