Comments Add Comment

पुनर्निर्माणमा युरोपेली संघ र साउदीले सघाउने

८ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतसँग नेपालका लागि साउदी अरेबियाका राजदूत ब्दुल नासेर हुसेन अल हार्थीले शक्रबार अर्थमन्त्रालयमा भेट गर्दै नेपालको पुनर्निर्माणमा सहयोग गर्ने बचन दिएका छन ।

सो अवसरमा नेपालमा हालै गएको भूकम्प, क्षति, नेपाल सहायता सम्मेलन तथा साउदी अरेबियाको संभावित सहयोगबारे पनि छलफल भएको थियो । अर्थमन्त्री महतले पुनर्निर्माणमा सहयोग जुटाउन सहायत सम्मेलन आयोजना गर्न लागेको र सो सम्मेलनमा साउदी अरेबियाबाट उच्चस्तरीय सहभागिताको अपेक्षा गरिएको धारणा राखे ।

यो विपद्को बेलामा नेपालले दाताहरुबाट ऋणभन्दा पनि अनुदान सहायता खोजेको मन्त्री महतले प्रष्ट पारे ।

महतले भूकम्पले नेपालमा ठूलो क्षति भएको जानकारी दिदै पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेको बताए ।

सो अवसरमा साउदी राजदूत हार्थीले साउदी सरकार यो विपद्को अवस्थामा सहयोग गर्न तयार रहेको र नेपालले चाहे अनुसार अनुदान सहयोगका लागि आफ्नो सरकारसँग अनुरोध गरिने जानकारी दिए ।

यसैगरी शक्रबार नै अर्थमन्त्री डा महतसँग नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिन्कले अर्थमन्त्रालयमा भेटघाट तथा छलफल गरे । सो अवसरमा अर्थमन्त्री डा महतले हालै गएको भूकम्प र यसले पुर्‍याएको क्षतिबारे जानकारी दिए ।

सो अवसरमा युरोपेली संघका राजदूत टिरिङ्कले सहयोग गर्न युरोपेली मुलुकहरु तयार रहेको जानकारी दिदै नेपाल सहायता सम्मेलन तथा युरोपेली संघले गर्नुपर्ने सहयोगबारे जिज्ञासा राखेका थिए ।

यसअघि बिहीबार यूएसएडका निर्देशक बेथ डनफोर्डले अर्थमन्त्रालयमा भेटी संस्थाले गरेका गतिविधिहरुबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment