Comments Add Comment

७० गाविसमा शून्य राहत

९ जेठ, काठमाडौं । भूकम्पले ध्वस्त पारेका नौ जिल्लाका ७० गाविसमा एक महिनासम्म पनि सरकारी र गैरसरकारी कुनै पनि निकायबाट राहत सामग्री नपुगेको भेटिएको छ । भूकम्पले बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, काभ्रे, धादिङ, नुवाकोट र लमजुङका विकट गाविसमा एक महिना पुग्न लाग्दासमेत राहतका नाममा कुनै पनि खाद्यान्न तथा अन्य सामग्री नुपगेको सभासद्, कर्मचारी र प्रधानमन्त्रीका सचिवालयका कर्मचारीहरूको संयुक्त स्थलगत अध्ययनले देखाएको छ।
thailand help
‘सरकारी र गैरसरकारी संस्थाबाट वितरण गरिएका राहत सबै सुगम क्षेत्र केन्द्रित छन्’, स्थलगत भ्रमणबाट फर्किएका सभासद् अमरसिंह पुनले भने, ‘जुन क्षेत्रमा भूकम्पले बढी ध्वस्त गरेको छ, सवारीसाधन पुग्न सकेका छैनन्, त्यस्ता नौ जिल्लाका ७० भन्दा बढी गाविसमा राहतका नाममा एक गेडो चामल पनि पुगेको छैन।’

टोलीले वैशाख १२ देखि तीन साताभन्दा बढी समय लगाएर गरेको स्थलगत अध्ययनले सिन्धुपाल्चोकको गुम्बा, गोल्चे, पाङताङ, बराम्ची, सेलाङ, हगाम, बतासे, बरुवा, भोताङ, लिस्ती र फुलपिङमा राहत समाग्री नपुगेको ठहर गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोकका यी ११ वटै गाविस उत्तरी र विकट छन् । अधिकांश राहत सामाग्री सडक पुगेको र सुगम गाउँमा लैजाने प्रवृत्तिले गर्दा बढी प्रभावित यी क्षेत्रमा राहत नपुगेको हो।

‘कुनै ठाउँमा एउटै घरमा १० बोरासम्म चामल पुगेको छ’, सभासद् पुनले भने, ‘तर यी गाविसमा जनता खान नपाउने र पानी पर्दा सुत्न नपाउने अवस्थामा छन्।’

वैशाख २९ गतेको कम्पबाट बढी प्रभावित दोलखाका विकट ११ गाविसमा अझै राहत पुग्न सकेको छैन। गौरीशंकर, लामाबगर, खोपा, चाँगु, दिगु, तिरङ्खा, आराङ, आलम्पु, भ्याकु र सुरी गाविसमा आवश्यकताअनुसार राहत पुग्न नसकेको उक्त टोलीको स्थलगत अध्ययनले देखाएको छ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको उत्तेरी भेगका सामागाउँ, लोहो, प्रोक, सिर्दिबास, बिही, चुमचके, छेकम्पार, उहिया, करौजा, लापु, कासीगाउँ, मान्वु, रम्दीलगायतका गाविसमा राहत पुगेको छैन।

यो क्षेत्रमा मानिस वा खच्चडले बोकेर मालसामान लैजानुपर्ने भएकाले पनि केही दिनमै भोकमरीसमेत हुन सक्ने टोलीले अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment