Comments Add Comment

एसएलसीका भूकम्पपीडित विद्यार्थीले स्थानान्तरणको मौका पाउने

९ जेठ, काठमाडौ । एसएलसीको रजिष्ट्रेशन भरेका १० कक्षामा अध्ययनरत भूकम्पपीडित विद्यार्थीले विद्यालयमा स्थानान्तरणको मौका पाउने भएका छन् ।
slc-exam
एसएलसी परीक्षा बोर्डले काठमाडौमा अध्ययनरत विद्यार्थीलाई एक पटकका लागि अन्य जिल्लामा स्थानान्तरण गर्न पाउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

काठमाडौमा पढिरहेका विद्यार्थीले दार्चुलाका विद्यालयमा भर्नाका लागि समेत अनुमति मागेका छन् । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले त्रासमा रहेका विद्यार्थीलाई अरु जिल्लामा भर्ना हुन पाउने ब्यवस्थाका लागि एसएलसी बोर्डले मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको बताए ।

‘काठमाडौमा विद्यार्थी मानसिक तनावमा छन्, कक्षा १० मा पढिरहेकालाई एकपटकका लागि विद्यालय स्थानान्तरणको मौका दिने भएको हो,’ नियन्त्रक द्वारेले भने, ‘यसअघि कर्मचारीको सरुवा भएमा उनका छोराछोरी, विवाह भई अन्यत्र गएमा र बसाईँसराइ भएमा मात्र विद्यालय स्थानान्तरण गर्न पाइन्थ्यो, भूकम्पपीडितका लागि नयाँ ब्यवस्था गर्दै छौं ।’ अरु कक्षामा भने भर्नामा कुनै समस्या रहेको छैन । विद्यार्थीको स्थानान्तरणका लागि सिफारिस आवश्यक पर्ने द्वारेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment