Comments Add Comment

ताप्लेजुङका आगलागी पीडितलाई मकाउका नेपालीबाट सहयोग

fire help taplejungताप्लेजुङ । गत चैत्र नौ गते भएको आगलागिबाट ताप्लेजुङ सदरमुकामको तोक्मेडाँडा ध्वस्त भएपछि राहत रकम संकलन गरी मकाउमा गठित नेपालीहरुको राहत संकलन समितिले आगलागी पीडितलाई नौ लाख भन्दा बढि राहत रकम पठाएको छ ।

मकाउमा रहेको चौबिस वटा कम्पनीमा कार्यरत नेपालीबाट संकलित ९ लाख ७ हजार ७ सय १० रुपैयाँ नगद शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिल्ला विपत व्यवस्थापन समितिका सदस्य तथा उद्योग वणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे र ताप्लेजुङ आगलागी पीडित व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठलाई संयुक्त रुपमा रहत संकलन समितिका तर्फबाट सुरेस लिम्बुले हस्तान्तरण गरेका हुन् ।

सो रकम दैविक प्रकोप उद्धार समितिको खातामा जम्मा गरिने समितिका सदस्य घिमिरेले जानकारी बताए । विभिन्न जिल्ला, व्याक्ति र प्रवासबाट आएको रकम सम्पुर्ण सोहि समितिको खातामा जम्मा गरिएकोले हालसम्म एक करोड १५ लाख भन्दा बढि रकम जम्मा भईसकेको दैविक प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले जानकारी दिए ।

केही समयअघि आगालगी पीडितको लागि झापा उद्योग वाणिज्य संघले संकलन गरी पठाएको १ सय ४० बोरा चामल पनि शुक्रबार नै एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई वितरण गरिएको छ । ताप्लेजुङमा भएको आगलागिबाट ४४ घर जल्दा १ सय ५१ परीवार विस्थापित भएका थिए ।

–रविन भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment