Comments Add Comment

भूकम्प पीडितलाई एभरेष्ट ईन ग्रुप यूकेबाट दुई लाख बराबरको सहयोग

gulmi UK help earth quakeगुल्मी । गुल्मी जिल्लाका भूकम्प पिडित परिवार र एक विद्यालयलाई एभरेष्ट ईन ग्रुप युकेले दुई लाख मूल्य वरावरको जिन्सी सहयोग गरेको छ । एभरेष्ट ईन ग्रुपका अध्यक्ष एवम् एनआरएनएका केन्द्रीय सदस्य रहेका गुल्मी हुँगा-५, भानपोखराका पशुपति भण्डारीले उक्त सहयोग गरेका हुन् ।

तम्घासमा शुक्रवार एक समारोहकाबीच जिल्ला विपत व्यवस्थापन समितिलाई २८ वण्डल जस्तापाता हस्तान्तरण गरेका छन् ।

त्यस्तै उनले जनवोध उच्च माध्यामिक विद्यालय बम्घा रानीवासलाई पनि ८ बण्डल जस्तापाता सहयोग गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई जस्तापाता हस्तान्तरण गरेका हुन् ।

वेलायतमा रहेका त्यस ग्रुपका छ वटा शाखाको एक दिनको सम्पूर्ण व्यापार तथा प्रत्येक शाखामा एक दिन च्यारिटी कार्यक्रम समेत गरेर जम्मा भएको १० लाख रकम नेपल सरकारलाई एनआरएनए मार्फत दिएको अध्यक्ष भण्डारीले बताए । दुई लाख रुपैयाँ गृह जिल्लाका भूकम्प पीडितका लागि छुट्टाएको उनको भनाई रहेको छ ।

एनआरएनए, हेल्प नेपाल, माईती नेपाल, छाहरी नेपाल, शेर्पा फाउडेशन, हाम्रो घर लगायतका संघ संस्था मार्फत सहकार्य गरेर नेपालका विभिन्न भूकम्पग्रस्त जिल्लाको अवलोकन गरी सहयोग हस्तान्तरण गर्न आएको बताए ।

ग्रुपले दिएको सहयोग ग्रहण गर्दै जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कृतज्ञता जाहेर गर्दै थप सहयोगका लागि पहल गरी दिन एनआरएनएलाई अपिल समेत गरे । हस्तान्तरण कार्यक्रममा गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी र स्थानिय विकास अधिकारी डिलाराम पन्थी लगायतको सहभागिता रहेको थियो ।

-अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment