Comments Add Comment

पर्वत शङ्करपोखरीका दलित र विपन्नलाई खाद्यान्न वितरण

९ जेठ, पर्वत । रोजगारीका लागि खाडीमुलुक पुगेका पर्वतवासीको साझा संस्था पर्वत सेवा समाज युएईले गत वैशाख १२ गते गएको भूकम्पमा घर भत्केर भौतिक क्षति भएका पर्वतको शङ्करपोखरीका दलित र विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

सो समाजको सहयोगमा स्थानीय एक सय परिवारलाई चामल, दाल, तेललगायतका सामग्री वितरण गरिएको हो । पर्वत जिल्लामा सामाजिक सेवामा सहयोग गर्दै आएको समाजले हालैको भूकम्पबाट पीडितलाई रु नौ लाख ३४ हजारभन्दा बढीको राहत वितरण गर्ने योजनाअनुरुप शङ्करपोखरीका दलित र विपन्नलाई उक्त राहत दिइएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् अर्जुनप्रसाद जोशीले राष्ट्रिय विपद्को बेलामा राजनीतिमा क्रियाशील हुनुभन्दा पनि पीडितको राहत र उद्धारमा सक्रिय हुनुपर्ने बताए ।

उनले घरबास गुमाएका पीडित परिवारलाई वर्षायाम अगावै सुरक्षित आवासको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभासद् जोशी, समाजका अध्यक्ष अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापति लालकाजी गुरुङ, एमालेका जिल्ला सचिव पदमपाणि शर्मा, एमाओवादीका जिल्ला सेक्रेटरी ढाकाराम गौतमलगायतले पीडितको सेवामा आआफ्नो स्थानबाट आवश्यक सहयोगमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।

समाजले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका ९र९ गाविस गरी १८ वटा गाविसका भूकम्पपीडितलाई राहत वितरण गरिरहेका छन् भने १६० परिवारलाई खाद्यान्न र १५० परिवारलाई एक/एक बन्डल जस्तापाता वितरण गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

साथै समाजले सिन्धुपाल्चोक, गोरखा र धादिङमा पनि रु ५०र५० हजार बराबरको राहत सामग्री र लत्ताकपडा वितरण गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment