Comments Add Comment

प्रियंका अर्को बायोपिक फिल्ममा

प्रियंका
प्रियंका

मुम्बई । ‘मरी कोम’को सफलतापछि अभिनेत्री प्रियंका चोपडालाई बायोपिक फिल्ममा काम गराउन चाहनेहरु बढेका छन् । ओमंग कुमारले सरबजीत सिंहमाथि बनाउने फिल्ममा प्रियंकालाई अभिनयको प्रस्ताव राखेका छन् । यदि कुरा मिलेमा पि्रयंकाले सरबजीतको बहिनीको भुमिका निर्वाह गर्ने छिन् ।

फिल्म सरबजीतको जिवनमा आधारित भएपनि मुख्य भूमिका बहिनिकै हुने छ । किनकी सरबजीतको रिहाइका लागि उनकी बहिनीले भारतमा ठूलो अभियान चलाएकी थिईन् ।

सरबजीतलाई सन १९९१ मा पाकिस्तानको अदालतले आतंकवादीसँग सामेल भएको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि उनकी बहिनीले उनलाई स्वदेश फर्काउने अभियान सुरु गरेकी थिईन् । तर, पछि पाकिस्तानी जेलमै आक्रमण हुँदा उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment