Comments Add Comment

चेन्नई छैटौं पटक आइपीएलको फाइनलमा

ms-dhoni-chennai-super-kings-ipl

९ जेठ, काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेटको उपाधीका लागि चेन्नर्इ सुपर किंग्स र मुम्बर्इ इन्डियन्स भिड्ने भएका छन् । शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंलोरलाई ३ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो।

चेन्नईको जीतका लागि माइकल हसीले सर्वाधिक ५६ रन बनाए । ४६ बल खेलेका उनले ३ चौका र दुई छक्का प्रहार गरे । महेन्द्र सिंह धोनीले २६ रन बना ए। डिप्लुसीले २१ रन बनाए ।  यस्तै डीआर स्मिथले १७ रन बटुले। पवन नेगीले १२ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो। १४० रनको लक्ष्य चेन्नईले अन्तिम बल अगाडि नै पूरा गर्‍यो।

बैंलोरका क्रिश गेल ४१, सर्फराज खान ३१ दिनेश कार्तिकले २८ रन बनाए बनाए। विराट कोहलीले १२ रन बनाएर अाउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment