Comments Add Comment

सन्नीलाई घर निकाला

sunny-leoneमुम्बई । अभिनेत्री सेलिना जेट्लीको घरमा डेरामा बस्दै आएकी सन्नी लियोनी डेरावाट निकालिएकी छिन् । उनी उक्त घरमा आफ्ना श्रीमान डेनियलसँग बस्दै आएकी थिईन् ।

सन्नी केही समय अघिदेखि मुम्बईमा घर किन्ने योजनामा थिईन् । केही ठाउँमा घर किन्न खोजेपनि छिमेकीले अवरोध गरेका थिए । उनी अलि बढी पैसा तिरेर भएपनि घर किन्ने योजनामा थिईन् । तर, पाएकी थिईनन् ।

घर मालिक्नी सेनिलाले सन्नीले भाडामा बस्न थालेपछि बाथरुमको सेटिङ भत्काएर अर्को बनाएकाले घरको स्वरुप बिगि्रएको आरोप लगाएकी छिन् ।

पछिल्लो समय बलिउडमा सन्नीको आलोचना गर्नेहरु बढेका छन् । केही राजनितीक संगठनले सन्नीलाई देश निकाला गर्नुपर्ने कुरा गरिरहेको बेला डेरावाट समेत निकालिनु परेपछि उनी अहिले मुम्बई स्थित एक होटलमा बस्दै आएकी छिन् ।

रियालीटी शो बिग बोसवाट बलिउडमा प्रवेश गरेकी सन्नीले रागीनी एमएमएस, कुछ कुछ लोचा है लगायतका फिल्ममा काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment