Comments Add Comment

छोरा नजन्माएको भन्दै घर निकाला !

९ जेठ, मोरङ ।  मोरङको बेलबारी एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायलार्इ छोरा नजन्माएको भन्दै घर निकाला गरिएको हो ।

ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ । घरपरिवारले निकाले पछि उनी धनुषाको मझेलीया–१४ माइतीघरमा बस्दै आएकी छन्  ।

विसं २०६८ मा बेलबारी–३ का ललन रायसँग उनको विवाह भएको थियो । उनका श्रीमान् ललन वैदेशिक रोजगारका लागि मलेसिया गएको पीडितको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment