Comments Add Comment

सुत्केरी महिलाको पेटभित्र मोबाइल

MAINडाक्टरहरुले कहिलेकाहीँ कति सम्म लापरवाही गर्न सक्छन् भन्ने कुराका विभिन्न उदाहरण हाम्रैमा पनि देख्न सुन्न पाइएकै हो । शल्यक्रिया गर्ने क्रममा कहिले विरामीको पेटभित्र झुम्रो तथा कहिले कैँची छाडेर सिलाएको र सोही कारणले कतिपय विरामीको ज्यानै जाने गरेको त कतिले फेरि शल्यक्रिया गराउनु परेका घटना बारम्बार आइरहन्छन् । यस्तै अनौठो तथा अक्षम्य घटना जोर्डनमा घटेको छ ।

जोर्डनमा एक सुत्केरी महिलाको पेटभित्र डाक्टरहरुले मोबाइल राखिदिएको घटना सार्वजनिक भएको छ । राजधानी अम्मानकी बासिन्दा हनान महमुद अब्दुल करीम नामकी ती महिला बच्चा जन्माउनका लागि अस्पतालमा पुगेकी थिइन् । उनको शल्यक्रिया गरी डाक्टरहरुले बच्चा बाहिर निकाले । बच्चा त बाहिर निकाले तर डाक्टरहरुले भुलबस ती महिलाको पेटमा मोबाइल छाडिदिए ।

पेटभित्र मोबाइल छाडेको न त डाक्टरहरुलाई पत्तो भयो, न त ती महिलालाई । तर जब उनी सर्जरीपछि घर फर्किइन् पेटभित्र भाइब्रेसन भयो । पेटभित्र यति तिब्र रुपमा कम्पन भयो की उनलाई निकै पीडा हुन थाल्यो । त्यसपपछि उनी पुनः उक्त अस्पतालमै आइन् र डाक्टरहरुले उनको एक्सरे गरे । त्यसपछि बल्ल पत्ता लाग्यो की उनको पेटमा केही बाहिरी वस्तु रहेछ ।

डाक्टरहरुले उक्त वस्तु निकाल्नका लागि पुनः पेटको शल्यक्रिया गरे । शल्यक्रिया गरेर पेटको वस्तु बाहिर निकाल्दा त डाक्टरहरु तिनछक परे । त्यो वस्तु अरु केही नभएर त्यसअघि शल्यक्रिया गरे अस्प्तालकै एकजना डाक्टरको मोबाइल रहेछ ।

शल्यक्रियाका क्रममा विरामीकेा सरीरभित्र मोबाइल छुटेको घटना यो विश्वमै पहिलो रहेको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment