Comments Add Comment

दुध चुसाएर महिलाहरुको विरोध प्रदर्शन

budpaestविरोधका भिन्न भिन्न शैली हुन्छन् । हंगेरीको बुडापेष्टमा हालै महिलाहरुले दुध चुसाएर विरोध प्रदर्शन गरेका छन् । बुडापेष्टस्थित म्याक डोनाल्ड रेष्टुरेन्ट परिसरमा महिलाहरुले यस्तो अनौठो विरोध प्रदर्शनको शैली अख्तियार गरेका हुन् ।

म्याक डोनाल्डले बुधबार रेष्टुरेन्टमा एक जना महिलालाई स्तनपान गराउन रोक लगाएको घटनाको विरोधमा महिलाहरु उत्रिए । दर्जनौँ महिलाहरु बच्चा बोकेर म्याक डोनाल्ड रेष्टुरेन्टमा छिरे, आफ्ना स्तन बाहिर निकाले अनि काखमा राखेको बच्चालाई स्तनपान गराए ।

तर म्याक डोनाल्डले भने महिलाहरुलाई स्तनपान गराउन रोक लगाउने आफ्नो नीति नभएकेा भन्दै सुरक्षा गार्डको कमजोरीका कारण त्यस्तो भएको स्पष्टिकरण्ण दिएको छ । आफुहरुको परिवारमैत्री नीति रहेको भन्दै उसले एक विज्ञप्ती मार्फत स्तनपान गराउने महिलाहरुलाई स्वागत गरेको छ । साथै एक महिलालाई स्तनपानमा रोक लगाइएको घटनाको छानविन सुरु भएको पनि जनाएको छ ।

उता स्तनपानमा रोक लगाइएकी महिलाले भने फेसबुकमार्फत आफुलाई गरिएको दुव्र्यवहार बारे खुलासा गर्दै लेखेकी छिन्, ‘मैले रेलबाट आउन लागेकी मेरी दिदीलाई कुरेकी थिएँ । हुनत मैले घरबाटै स्तनपान गराएर मेरो बच्चालाई ल्याएकी थिएँ । तर निकै गर्मीका कारण बच्चा तिर्खायो र उसको जिउ तातेपछि म बिहानको नौ बजे स्तनपान गराउनका लागि रेष्टुरेन्टभित्र छिरेँ । रेष्टुरेन्टमा वेट्रेससँग सोध्दा दुध चुसाउन पाउने बताएपछि आफु एकान्त ठाउँमा गएर स्तनपान गराउन थालेँ । तर एकजना सुरक्षा गार्डले आफुसामु आएर रेष्टुरेन्टमा दुध चुसाउन नपाउने बतायो । ऊ हाकिमसँग सोध्न गयो र पुनः दुध चुसाउन नपाउने भन्दै रोक्नका लागि निर्देशन दिन आयो ।’

उनको यो घटना सामाजिक संजालमा फैलिएपछि आमाहरु आक्रोसित बने र शुक्रबार अकस्मात म्याकडोनाल्ड रेष्टुरेन्टमा दुध चुसाउँदै विरोध प्रदर्शनको आयोजना गरे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment