Comments Add Comment

नङपालिसमा विषाक्त पदार्थ, स्वास्थ्यका लागि खतरनाक

nel-policeमहिलाहरुले सौन्दर्य प्रसाधनको रुपमा अत्यधिक प्रयोग गर्ने नङपालिस स्वास्थ्यका लागि हानिकारक हुने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय तथा क्यान्सर रोकथाम इन्स्टिच्युटका विशेषज्ञ डाक्टर थु क्वाचले नङ पालिस तथा नङको स्याहार गर्ने अन्य सौन्दर्य प्रसाधनका सामानहरुमा विषाक्त पदार्थहरु हुने र ती पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पूराउने बताएका छन् ।

दी कन्भरसेसन जर्नलमा प्रकाशित आलेखमा उनले नङपालिसमा हुने त्यस्ता विषाक्त पदार्थको सम्पर्कमा आउनाले क्यान्सर देखि बाँझोपन सम्मका समस्या देखिन सक्ने उल्लेख गरेका छन् ।

फर्माल्डिहाइड तथा प्रजनन हर्मोनको उत्सर्जनमा असर पूराउने विभिन्न खाले रासायनिक पदार्थ नङपालिसमा हुन्छन् । नङपालिसमा पाइने हानिकारक पदार्थ टोलुन, फर्माल्डीहाइड र डाइब्युटाइल थालेटलाई टक्सिक ट्रायो पनि भन्ने गरिन्छ । यी तिनवटा विषाक्त पदार्थले लगाउने मानिस मात्र होइन सैलुनका सौन्दर्य व्यवसायीको स्वास्थ्यमा समेत नकारात्मक असर पूराउने विज्ञको भनाइ छ ।

नङको सौन्दर्यमा फिनिसिङ गर्न तथा पालिसको रङलाई राम्रो बनाउनका लागि प्रयोग गरिने टोलुनले केन्द्रीय स्नायु प्रणाली तथा प्रजनन प्रणालीमा पनि हानी पूराउँछ । यो रसायन पेट्रोलियम पदार्थमा मिसाउन समेत प्रयोग गरिने पदार्थ हो ।

फर्माल्डीहाइडलाई क्यान्सर पैदा गर्ने तत्व कार्सिनोजेन पनि भनिन्छ । यसलाई नङलाई कडा बनाउने तथा नङको सौन्दर्य प्रसाधनका लागि प्रयोग गरिने औजारको संक्रमण रोक्न प्रयोग गरिन्छ । त्यस्तै डाइब्युटाइल थालेट जसलाई पालिसलाई लचक बनाउन प्रयोग गरिन्छ त्यसले प्रजनन सम्बन्धि समस्या पैदा गर्दछ ।

घरको कोठामै वा सैलुनमा गएर नङलाई सजाउँदा नङपालिस तथा अन्य सौन्दर्य प्रसाधनका रसायनहरुबाट निस्किने गन्ध तथा बाफ हावामा फैलिने र उक्त हावालाई स्वासप्रस्वासको माध्यमबाट लिँदा मानिसको फोक्सोमा समेत असर पार्ने विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment