Comments Add Comment

विपत्तिका बेला नेपाललाई कुन कुन देशले सघाए ?(सूचीसहित)

९ जेठ, काठमाडौं । नेपालमा विनाशकारी भूकम्पबाट गाँसबास गुमाएकाहरुका लागि खाद्यान्न पठाउने अन्तर्राष्ट्रिय समुदायमध्ये सबैभन्दा बढि चामल बंगलादेशले पठाएको छ ।

बंगलादेशले हालसम्म ५० हजार क्वीन्टल चामल नेपालका भूकम्प पीडितका लागि पठाइसकेको छ । बंगलादेशले त्रिपाल, बिस्कुट, पानी र टेन्टहरु पनि उपलव्ध गराएको काठमाडौंस्थित दूतावासले जनाएको छ ।

बंगलादेशपछि धेरै चामल भारतले ३ हजार ८७ क्वीन्टल पठाएको छ भने पाकिस्तानजले ११७ क्वीन्टले र थाइल्याण्डले २०६७ क्वीन्टल सहयोग गरेको गृहमन्त्रलायले जनाएको छ ।

खाडी मुलुक वहराइनले समेत ३७ क्वीन्टल चामल पठाएको छ । त्यहाँ खासै धान उत्पादन हुदैन । योजना आयोगका सदस्य डा. प्रेम दंगालले नेपालसँग अहिले पर्याप्त खाद्यान्न भण्डार रहेकाले चामल सहयोग थप नमागिएको बताए ।

भूकम्प लगत्तै सबैभन्दा हाहाकार त्रिपाल र टेन्टको भएको छ । नेपाललाई यसबीचमा सबैभन्दा बढि त्रिपाल र टेन्ट भारतले पठाएको छ ।
भारतको तर्फबाट २ लाख ३१ हजार थान त्रिपाल, १३ हजार थान टेन्ट र करीव २ लाख थान कम्बल सहयोग प्राप्त भएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तानले ११ हजार ७४० थान त्रिपाल र २०४७ थान टेन्ट सहयोग गरेको छ भने चीनले १६ हजार ४५७ थान त्रिपाल र करीव ८ हजार थान टेन्ट सहयोग गरेको छ ।

नेपाललाई बिपत्तिको बेला श्रीलंका, इण्डोनेशिया, थाइल्याण्ड, अजरबैजान, कोरिया,जापान, पोल्याण्ड लगायत २६ देशले बिभिन्न प्रकारका खाद्यान्न, त्रिपाल, कम्बल, मेट्रेस लगायतका सामाग्री सहयोग गरेका छन् ।

चाउचाउ, बिस्कुट, पानी, औषधी, टेन्ट, त्रिपाल, चिनी, नून, दाल, चामल, चिउरा जस्ता खाद्य सामाग्री बिभिन्न देशबाट सहयोग प्राप्त भएका छन् ।

अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत लगायतका देशले भने नेपाललाई सैन्य तथा आर्थिक सहायताको घोषणा गरिसकेका छन् ।

विभिन्न देशले गरेको सहयोगको सूची हेर्नुहोस्

list-of-help

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment