Comments Add Comment

कतारबाट भूकम्पपीडितका लागि १ अर्ब भन्दा बढी सहयोग

दोहा । भूकम्प प्रभावितहरुका लागि कतारबाट अहिलेसम्म एक अर्ब भन्दा बढी सहयोग प्राप्त भएको छ । बिभिन्न संघसंस्थासँग सहकार्य गरी आफै पीडित परिवार र गाउँसम्म पुगेर गरेको सहयोगबाहेक प्रधानमन्त्री दैबी प्रकोप राहत कोष र नेपाली दुतावासमा सहयोग जम्मा गर्ने क्रम जारीर रहेको दीपक पुडासैनीले जनाएका छन् । 

qatarकतारस्थित बिभिन्न ब्यक्ति तथा संस्थाहरुले सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गरी दुतावासमा जम्मा गरिएको भौचरको प्रतिलिपि अनुसार जेठ ७ गते सम्ममा २ लाख १० हजार ५ सय ३९ रियाल रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री दैबी प्रकोप राहतकोषमा जम्मा हुनेगरी नेपाली दुतावासको खातामा जम्मा गरेको रकम ९६ हजार ३ सय ७७ रियाल पुगेको नेपाली दुतावासले जनाएको छ ।

कतार रेडक्रिसेन्टले १२ मिलियन रियाल तथा कतार टेलिभिजनले २८ मिलियन सहयोगको घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ कतारले ५५ हजार रियाल तथा अन्तराष्ट्रिय कलाकार मंच कतारले १८ हजार १ सय ८२ रियाल सहयोग गर्ने घोषणा गरेको नेपाली नियोग कतारले जनाएको छ । यो सबै पैसा नेपाल जाँदा कुल रकम १ अर्ब १० करोड ७८ लाख २ हजार ३ सय २७ हुने नियोगले जनाएको छ ।

प्रधानमन्त्री राहत कोषमा पैसा पठाएर पनि दुतावासमा भौचर जम्मा नगर्नेको संख्या अधिक रहेकोले यो आंकडा भन्दा धेरै बढी रकम जम्मा भैसकेको र थप रकम संकलन गर्न तथा नेपाल पठाउन श्रमिक नेपालीहरु तथा सामाजिक संघ संस्थाहरु अझै क्रियाशील रहेको कार्यबाहक राजदुत मणिरत्न शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment