Comments Add Comment

अखिलले बनाएर बुझायो अस्थायी विद्यालय

kavre-School

९ जेठ, काठमाडौं । भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि पढ्ने ठाउँ नपाएका काभ्रे मेथिनकोटस्थित श्रीकृष्ण निमावि भकुण्डेबसीका बालवालिकाले अस्थायी विद्यालय पाएका छन् ।

एमाले सम्बद्ध अनेरास्ववियुका स्वयंसेवकहरुले करीव एक साता लगाएर ५ कोठे अस्थायी विद्यालय भवन बनाइदिएका छन् । अखिल महासचिव नविना लामाको नेतृत्वमा गएका स्वयंसेवकले खरले छाएर नयाँ भवन बनाएका हुन् ।

भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा सो स्कूलमा पढ्ने बालवालिका विद्यालय पोशाकमै उपस्थित भएर खुसी व्यक्त गरेको अखिल नेता समिक बडालले बताए ।

Kavre-School-Handover

  • विद्यालय हस्तान्तरण कार्यक्रममा सामुहिक तस्वीर खिचाउँदै

विद्यालय भवन बनाउन काठमाडौंबाट गएका अखिल नेता तथा काभ्रेका कार्यकर्ताहरु एक साता खटिएका थिए । उनीहरुले गाउँघरमै पाइने निर्माण सामाग्री प्रयोग गरेका छन् ।

घामपानी छेल्ने र विद्यार्थीलाई सुबिधा हुने गरी ६ कोठे अस्थायी विद्यालय भवन बनाइएको महासचिव लामाले बताइन् । उनका अनुसार यो अभियान अन्य गाउँमा पनि लगिनेछ ।

गाउँको साधन प्रयोग गरेर वातानुकुलित ढंगले बनाइएको भवन दुई-तीन वर्ष केही नहुने इन्जिनियरहरुले बताएको नविनाले जानकारी दिइन् । ‘एक सातासम्म मकै भटमास खाएर हामीले श्रम गरेका हौं,’ उनले भनिन्, ‘हामी मीठो होइन पिठो खाएर जनताको सेवा गर्छौं, एक सय विद्यालय भवन बनाउछौं’ ।

विद्यालय भवन हस्तान्तरण समारोहमा संसदको विकास समितिका सभापति तथा अखिलका इन्चार्ज रविन्द्र अधिकारी, एमाले नेता गोकुल बास्कोटा लगायत उपस्थित थिए ।

अखिलले काभ्रे,सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, मकवानपुर, रसुवा, नुवाकोट, रामेछाप, दोलखा, ओखलढुंगा र सोलुखुम्बु पनि कम्तिमा एक सय ओटा विद्यालय भवन बनाइरहेको उपाध्यक्ष ऐन महरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment